arrow

पाकिस्तान र श्रीलंकाभन्दा अफगानिस्तान अब्बल, परीक्षा बंगलादेशको 

logo
प्रकाशित २०७६ जेठ १९ आइतबार
world-cup-captains1.jpg

काठमाडौं । इंगल्याण्ड र वेल्सको संयुक्त आयोजनामा भइरहेको विश्वकप एक दिवसीय क्रिकेटमा दक्षिण एसियाली (सार्क) राष्ट्रहरुले फितलो सुरुआत गरेका छन् । 

सार्कका आठ सदस्यमध्ये पाँच राष्ट्रले विश्वकपमा खेल्न पाउनु गौरबको विषय भए पनि फितलो सुरुआतले भने प्रश्न खडा गरेको छ । 

एक एक पटकका च्याम्पियन पाकिस्तान र श्रीलंकाले कमजोर सुरुआत गरे पनि अफगानिस्तानले हारका बाबजुद पनि केही सुधारोन्मुख खेल खेलेको छ । 

अफगानिस्तानले सबैभन्दा सफल टिम अष्ट्रेलियाविरुद्ध सम्मानजनक योगफल तयार गर्न सक्यो । 

शनिबार राति भएको खेलमा अफगानिस्तानले २०७ रन बनााउन सक्यो । ब्रिस्टोलमा भएको यो खेल अष्ट्रेलियाले ७ विकेटले जित्यो । 

त्यसअघि शुक्रबार भएको खेलमा पाकिस्तान वेष्ट इन्डिज सामु निकै कमजोर सावित भयो । पाकिस्तानले १०५ रन मात्र बनाउन सक्यो । 

यो खेलमा वेष्ट इन्डिज १३.४ ओभरमै ७ विकेटले विजयी भयो । शनिबार नै भएको खेलमा श्रीलंकाले न्युजिल्याण्ड सामु घुँडा टेक्यो । 

श्रीलंकाले १३६ रन मात्र बनाउन सक्यो । यो खेल न्युजिल्याण्डले १० विकेटले जित्यो । 

आइतबारको खेल

आइतबार अर्को दक्षिण एसियाली राष्ट्र बंगलादेशको भाग्य परीक्षा हुँदैछ । बंगलादेशले लण्डनमा दक्षिण अफ्रिकासंग खेल्दैछ । 

खेल लण्डनमा दिउँसो ३ः१५ बजे सुरु हुँदैछ । यो खेलमा पनि एक अर्को दक्षिण एसियाली टिमले हार्ने सम्भावना छ । 

तर उद्घाटन खेलमा इंगल्याण्डसंग १०४ रनको भारी अन्तरले हारेको दक्षिण अफ्रिका घाइते बाघ जस्तै बनेको छ । 

यसको फाइदा उठाउँदै बंगलादेशले चमत्कार गर्न सक्यो इज्जत राख्नेछ । दक्षिण एसियाको विश्वकप उपाधि दावेदार भारतले भने बुधबार जुन ५ तारिखमा पहिलो खेलमा दक्षिण अफ्रिकासंगै खेल्नेछ । 

भारत दुई पटकको च्याम्पियन हो । दक्षिण अफ्रिका अहिलेसम्म फाइनलमा पनि पुग्न सकेको छैन । 
  
अंक तालिका
राउन्ड रबिन लिगका आधारमा १० टिमले सहभागीता जनाएको प्रतियोगितामा अहिलेसम्म चार खेल सकिएको छ । चार टिम विजयी हुँदा चार टिम पराजित भएका छन् । रन रेटका आधारमा वेष्ट इन्डिज, न्युजिल्याण्ड, इंगल्याण्ड र अष्ट्रेलिया पहिलोदेखि चौथो स्थानमा छन् । 

यो रनरेटका आधारमा पनि अफगानिस्तानले हारे पनि रनरेटका आधारमा पाँचौं स्थानमा छ । श्रीलंका सातौं स्थानमा हूँदा पाकिस्तान पुछारमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ