arrow

अमेरिका जाने हो ? लाग्यो नयाँ नियम !

logo
प्रकाशित २०७६ जेठ १९ आइतबार
us-flag.jpg

काठमाडौं। अमेरिका जान डोनाल्ड ट्रम्प प्रशासनले नयाँ नयाँ नियम लगाउन थालेको छ । अमेरिकाले अब भिसा आवदेन दिन नै आफ्नो सामाजिक सञ्जालको विस्तृत विवरण समेत पेश गर्नुपर्ने नयाँ सर्त तेस्र्याएको छ।

अमेरिकी विदेश विभागले भिसाका लागि निवेदन दिने व्यक्तिले सामाजिक सञ्जालको नाम, पाँच वर्ष अवधिका ईमेल आइडी र फोन नम्बरहरु पेस गर्नुपर्ने नयाँ नियम जारी गरेको हो ।

गतवर्ष यस सम्बन्धी प्रस्ताव पेश गरिएका बेला यसबाट वार्षिक १ करोड ४७ लाख मानिस प्रभावित हुने आँकलन गरिएको थियो ।

यो नियम सर्वसाधारणलाई अनिवार्य गरिए पनि केही  कूटनीतिक र सरकारी अधिकारीले भने भिसा निवेदन दिँदाका बेलामा नै जानकारी पेश गर्नुपर्ने छैन ।

काम गर्न तथा अध्ययन गर्नका लागि जान चाहनेले भने सम्पूर्ण जानकारी भिसाको निवेदनकै बेलामा पेश गर्नुपर्ने छ ।

सुरक्षाको हवाला दिँदै अमेरिकाले नयाँ नियम लगाएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ