arrow

आफूभन्दा १७ वर्ष कान्छीसंग यसरी झुकिन् सेरेना

logo
प्रकाशित २०७६ जेठ १९ आइतबार
serena2.jpg

काठमाडौं । २३ पटककी ग्राण्डस्लाम विजेता सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको तेस्रो चरणबाटै बाहिरिएकी छिन् ।

तीन पटककी च्याम्पियन अमेरिकन खेलाडी सेरेना शनिबार राति भएको खेलमा आफ्नै देशकी बिना वरियताकी सोफिया केनिनसंग पराजित भएकी हुन् । 

प्रिक्वार्टरफाइनलमा प्रवेश गर्नुपर्ने खेलमा सेरेना ६–२ र ७–५ को सोझो सेटमै पराजित भइन् । 

२० वर्षीया केनिनको यो करियरकै सबैभन्दा सफल खेल हो । उनले आफूभन्दा १७ वर्ष जेठी ३७ वर्षीया सेरेनालाई हराएर टेनिसमा छलांग लगाउने संकेत गरिसकेकी छिन् । 

Williams was exposed by Sofia Kenin, 17 years her junior and ranked 35th in the world

छोरीकी आमा बनेपछि पुरानो लयलाई खासै पकड्न नसकेकी सेरेनाले घुँडाको चोटका कारण यसअघिका दुई प्रतियोगिता पनि त्यागेकी थिइन् । 

यो खेलमा उनले ३४ वटा ‘अनफोर्सड् इरर’ (अनावश्यक गल्ती) गरेकी थिइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ