arrow

फिलिपिनी राष्ट्रपति भन्छन्- महिलाले मलाई समलिङ्गी हुनबाट बचाए

logo
प्रकाशित २०७६ जेठ १९ आइतबार
dukut.jpg

काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले आफूलाई महिलाले समलिङ्गी हुनबाट बचाएको बताएका छन् । जापानमा एक स्टेजमा भाषणको क्रममा उनले पाँच महिलासँग चुम्बन गरेका थिए । यो क्रममा उनकी पत्नी पनि उनको साथमा थिइन् ।

उनले यो भनाइलाई विपक्षी नेतालाई लक्षित गरिएको बताइएको छ । दुतेर्तेले यसअघि विपक्षी नेता त्रिलानेसको अभियानले उनी समलैङ्गिक हो भन्ने देखाउने बताएका थिए ।

दुतेर्तेले जापानमा रहेका फिलिपिन्सका नागरिकलाई सम्बोधन गर्दै कुनै समय आफू पनि विपक्षी नेताजस्तै रहेको तर महिलाको कारण आफू भने ठीक हुँदै गएको बताए ।

मिडिया रिपोर्टका अनुसार दुतेर्तेले आफूलाई चुम्बन गर्न त्यहाँ उपस्थित महिलालाई आग्रह गरेका थिए । पाँच महिलाले उनलाई चुम्बन गरेका थिए । अन्य महिलालाई पनि कसैलाई चुम्बन गर्ने इच्छा छ ? भनी उनले सोधेका थिए । बाँकी उपस्थित महिला भने उनलाई चुम्बन गर्न गएनन् ।

उनको यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । यसै वर्ष एक भाषणमा बाइबलको कहानीको निन्दा गरेकोमा उनी विवादित भइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ