arrow

शिवपुरी राष्ट्रिय निकुञ्जले बार्षिक ८ करोड रुपैया संकलन गर्ने अनुमान

logo
प्रकाशित २०७६ जेठ १९ आइतबार
sivapuri.jpg

काठमाडौं। नेपालमा निकुञ्ज भित्रको पानीमा पहिलो पटक शुल्क उठाउने कार्यको थालनी भएको छ। नेपाल सरकारले शिवपुरी राष्ट्रिय निकुञ्जको नियमावली स्विकृत गरेसंगै खानेपानी उपयोग गरेबापत जेठ ६ गतेदेखि निकुञ्ज भित्रको पानीमा शुल्कको व्यवस्था गरेको हो।

निकुञ्जका बिभिन्न स्थानबाट पानीको उपयोग गर्ने खानेपानी उपभोक्ता समिति र केयुकेएललाई पानीमा शुल्क उठाउन लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले जानकारी दिएका हुन्। निकुञ्जकासुन्दरीजल बागद्धार, ढाप, ककनी, चिसापानी, मुहानपोखरी, रानीपोखरी, इचंगु, नागिनी पोखरी, गुर्जेभञ्ज्याङ्ग र  नार्गाजुनको बगर क्षेत्र लगायतका १० स्थानमा रहेका पानीमा शुल्क उठाउन थालिएको हो।

निकुञ्जका यी बिभिन्न स्थानबाट दैनीक ५ करोड  लिटर खानेपानी संकलन हुदै आएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुनले बताए। नियमावली अनुसार मध्यवर्ती क्षेत्रका उपभोक्ता समितिले केयुकेएललाई तिर्ने गरेको प्रचलित शुल्कमा ५ प्रतिशत र मध्यवर्ती क्षेत्रभन्दा बाहिरका उपभोक्ता समितिले प्रचलित दस्तुरमा २० प्रतिशत शुल्क तिर्नुपर्ने व्यवस्या गरिएको छ।

यसबाट निकुञ्जले बार्षिक ८ करोड रुपैया संकलन हुने अनुमान  गरेको छ। त्यसमध्ये ४ करोड केन्द्रिय कोषमा राजस्वका रुपमा रहन्छ भने ४ करोड मध्यवर्ती क्षेत्रकै उपयोगमा खर्च गर्ने लक्ष्य लिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ