arrow

भारतमा जसको सरकार भएपनि सधैं मन्त्री बन्छन् यी नेता, गिनिज बुकमा रेकर्ड कायम

logo
प्रकाशित २०७६ जेठ १९ आइतबार
paswan-nda.jpg

काठमाडौं । बिहीवार भारतको राष्ट्रपति भवनमा नयाँ सरकारका मन्त्रीले शपथ लिने क्रममा रामविलास पासवानले पनि मन्त्रीको शपथ लिए । पछिल्लो ३२ वर्षमा पासवान ११ पटक चुनाव लडेका छन् र उनले नौपटक जितेका छन् ।

भारतमा उनले ६ फरक फरक प्रधानमन्त्रीको कार्यकालमा विभिन्न मन्त्रालयको कार्यभार सम्हालेका छन् । रामविलास पासवान बिहारको राजनीतिमा सबैभन्दा प्रमुख दलित अनुहारमध्येको एक हुन् । उनी लोक जनशक्ति पार्टीका अध्यक्ष हुन् । उनलाई भारतीय राजनीतिको मौसम वैज्ञानिक पनि भनिन्छ । उनी राजनीति जता ढल्कियो त्यतै आफ्नो दिशा बदल्ने गर्छन् ।

सन् १९६९ मा पासवान संयुक्त सोशलिस्ट पार्टीको हिस्सा बनेका थिए । यसै वर्ष उनी पहिलोपटक विधायकका लागि चुनिएका थिए । सन् १९७४ मा उनी लोकदलको महासचिव बनेका थिए । इन्दिरा गान्धीले भारतमा आपतकाल लगाएको समयमा उनले जेलको सजाय पनि भोग्नुपरेको थियो ।

सन् १९७७ मा जेलबाट बाहिर आएपछि उनले भारतीय जनता पार्टीमा सामेल भएका थिए । त्यसै वर्ष भएको लोकसभा निर्वाचनमा ४ लाख २४ हजार भोटको अन्तरले चुनाव जितेका थिए । पासवानले जितेको यो अन्तर त्यतिबेलाको कीर्तिमान बन्न पुगेको थियो । त्यसकारण उनको नाम गिनिज बुकमा समावेश गरिएको थियो ।

पासवानले आफ्नो जीवन दलित समुदायको उत्थानका लागि खर्च गरेका छन् । उनले अहिलेसम्म विश्वप्रताप सिंह, एचडी देवगौडा, आईके गुजराल, अटल बिहारी बाजपेयी, मनमोहन सिंह र मोदी सरकारको मन्त्रिमण्डलमा काम गरिसकेका छन् । केन्द्रमा भएका धेरैजसो गठबन्धनको हिस्सा बन्ने मौका उनले पाएका छन् । सन् २००० मा उनले लोक जनशक्ति पार्टीको स्थापना गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ