arrow

विश्वकपमा देखायो बंगलादेशले कमाल, हरायो दक्षिण अफ्रिकालाई 

logo
प्रकाशित २०७६ जेठ २० सोमबार
bangladesh3.jpg

काठमाडौं । बंगलादेशले एक दिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात  गरेको छ । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको विश्वकप अन्तर्गत आइतबार राति भएको खेलमा बलियो प्रतिद्धन्द्धी दक्षिण अफ्रिकालाई २१ रनले पराजित गर्दै बंगलादेशले विजयी सुरुवात गरेको हो ।

Saifuddin celebration

लण्डनमा भएको खेलमा बंगलादेशले दिएको ३३१ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ८ विकेटको नोक्सानीमा ३०९ रन मात्र बनाउन सक्यो ।

Duminy

कप्तान फाप डु प्लेसिसले ६२ रन बनाए । जेपी डुमिनी र एडिन मक्रामले समान ४५–४५ रन डर डुसेनले ४१ रन बनाए । 

David Miller

मुस्ताफिजुर रहमानले ३ तथा मोहमद साइफुदिनले २ विकेट लिएर १२ वर्षपछि पहिलो पटक दक्षिण अफ्रिकालाई हराए ।

More Faf

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ६ विकेटको नोक्सानीमा ३३० रन बनाएको थियो । यो नै बंगलादेशको सबैभन्दा ठूलो योगफल थियो विश्वकपमा । 

Mustafizur

मुस्फिकर रहमान र शकिब अल हसनबीच तेस्रो विकेटका लागि कीर्तिमानी १४२ रनको साझेदारी भएको थियो । रहमानले ७८ रन जोड्दा हसनले ७५ रन जोडे । 

यस्तै महमदउल्लाहले अविजित ४६ र सौम्य सरकारले ४२ रन जोडे । इमरान ताहिर, एडिले लक्की र क्रिस मोरिसले २–२ विकेट लिए । 

Mahmudullah

यो जितसंगै दक्षिण एसियाली टिममा बंगलादेशले पहिलो जित हासिल गरेको छ भने दक्षिण अफ्रिका लगातार दोस्रो हारले मर्माहत भएको छ ।

Mushifiqur and de Kock

पहिलो खेलमा दक्षिण अफ्रिकाले इंगल्याण्डसंग १०४ रनको पराजयको सामना गर्नुपरेको थियो । 

Shakib and Mushifiqur



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ