arrow

जम्मू–कश्मीरमा सुरक्षाकर्मी र आतंकवादीबीच भिडन्त जारी

logo
प्रकाशित २०७६ जेठ २० सोमबार
pulawama.JPG

काठमाडौं । भारतको जम्मू–कश्मीरमा सुरक्षाकर्मी र आतंकवादीबीच सोमबार बिहानसंग भिडन्त भइरहेको छ । जम्मू–कश्मीरको शोपियांमा भएको मुठभेडमा कम्तीमा एक आतंकवादीको शव मिलेको सुरक्षाकर्मीले जनाएको छ । 

मोलु चित्रगाममा सुरु भएको भिडन्तबारे अझै विस्तृत जानकारी आइसकेको छैन । आइतबार पुलवामामा नेशनल कांग्रैसका नेता मोहिद्दीन मीरको मुर्रनमा रहेको घरमा आतंकवादीले ग्रेनेड प्रहार गरेका थिए । त्यसपछि फायरिङ पनि गरेका थिए । 

यसअघि आतंकवादीले पुलवामाको पिंगलानामा काँग्रेस नेता उमर जानको घरमा पनि ग्रेनेड हमला गरेका थिए । 

अलगाववादी तथा आतंकवादी संगठनका नेता जाकिर मुसाको मृत्यु भएपछि आतंकवादीहरु अताल्लिएको विश्लेषण सुरक्षाकर्मीहरुले गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ