arrow

भारत–पाक सुरक्षा व्यवस्थाका लागि राजनाथ सिंह सियाचिनमा

logo
प्रकाशित २०७६ जेठ २० सोमबार
rajnath-singh1.jpeg

काठमाडौं । भारतका नवनियुक्त रक्षामन्त्री राजनाथ सिंहले रक्षामन्त्री बनेपछि आफ्नो पहिलो भ्रमण सियाचिनलाई बनाएका छन् । उनीसंग सैन्य प्रमुख जनरल बिपिन रावतसंगै सुरक्षा निकायका वरिष्ठ अधिकारी सहभागी हुनेछन् । 

विश्वको सबैभन्दा अग्लो युद्ध क्षेत्र सियाचिन हिमनदीमा राजनाथ भारत र पाकिस्तानबीचको सुरक्षा व्यवस्थाबारे राजनाथले समीक्षा गर्नेछन् । 

पदभार सम्हालेपछि राजनाथले एयरचिफ मार्शल बीएस अनोआ तथा नौसेना अध्यक्ष एडमिरल करम सिंहसंग भेट गरेका थिए । त्यतिबेला राजनाथले तीन सेना प्रमुखसंग बसेर समीक्षा गर्ने बताएका थिए । 

गत वर्ष नरेन्द्र मोदी सरकारमा रक्षा मन्त्री रहेकी निर्मला सीतारमण सियाचिनमा सैनिकका साथमा दशैं मनाएकी थिइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ