arrow

इन्डोनेसियामा ६.० म्यानिच्युडको शक्तिशाली भूकम्प गयो

logo
प्रकाशित २०७६ जेठ २० सोमबार
indonesia.jpg.jpeg

इन्डोनेसियिा । इन्डोनेसियिाको पश्चिमी प्रान्त सुमात्रामा सोमबार ६.० म्यानिच्युडको भूकम्प गएको छ । यहाँको मौसम तथा भू गर्भ विभागका अधिकारीहरुले सो जानकारी दिएका छन्  ।

यस भूकम्पपछि सुनामीको भने कुनै सुचना नदिएको सो विभागले जनाएको छ । स्थानीय समयानुसार सोमबार अपराह्न १२:५७ मा भूकम्प आएको थियो ।

सो भूकम्पको केन्द्रविन्दु निआज सुलातानबाट ३० किलोमिटर दक्षिणपश्चिममा समूद्र सतहबाट ३० किलोमिटर गहिराईमा रहेको जनाइएको छ ।

 यस भूकम्पछि धनजनको क्षतिको कुनै समाचार प्राप्त नभएको बताइएको छ । इन्डोनेरियामा बारम्बार भूकम्प र ज्वालामूखि जस्ता प्रकोपले सताउने गरेको पाइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ