arrow

कस्ले जित्दै छ काँग्रेसको संसदीय दल ?

देउवा ढुक्क

logo
प्रकाशित २०७२ चैत १० बुधबार
Sher-Bahadur-Deuba-and-Ram-Chandra-Poudel-700.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसमा १३औं महाधिवेश सकिना साथ अहिले फेरी अर्को निर्वाचनको सरगर्मी सुरु भएको छ । प्रधानमन्त्रीका लागि बाटो खुल्ने पदको रुपमा रहेको संसदीय दलको नेताको निर्वाचन हुनेभएपछि काँग्रेसमा फेरी निर्वाचनको सरगर्मी बढेको हो ।
 
यही महिनाको तेस्रो हप्तामा गर्ने तयारी भएको निर्वाचनका लागि पार्टीका दुवै पक्षले आन्तरिक गृहकार्य सुरु गरिसकेका छन् । तत्कालिन पार्टी सभापति सुशील कोईरालाले १६ मत बढी पाएर शेरबहादुर देउवालाई पराजित गरेको भएपनि अहिले भने देउवा पक्ष बलियो देखिएको छ । 
 
२०७० साल माघ १२ गते आइतबार भएको निर्वाचनमा कांग्रेस सांसदहरुको १९४ मतमा कोइरालाले १०५ मत ल्याएका थिए । उनका प्रतिष्पर्धी शेरबहादुर देउवाले ८९ मत ल्याएका थिए । व्यवस्थापिका संसदको आधिकारीक वेभसाईटका अनुसार काँग्रेसका अहिले १ सय ९८ जना सांसद रहेका छन् । ति मध्ये १ सय ६ जना प्रत्यक्ष निर्वाचित सांसद हुन भने ९२ जना समानुपातिक तर्फबाट भएका सांसद हुन् । समानुपातिकबाट सांसद भएकाहरु सभापतिप्रति बढी निर्भर हुनु पर्ने भएकाले उनीहरु देउवाप्रति नरम हुने देखिन्छ । साथै आगामी दिनमा फेरी टिकट पाउनका लागि पनि कतिपय सांसदहरु देउवा प्रति लागिसकेकाले देउवाले जित्ने संभावना बलियो रहेको देउवा पक्षीय सांसद रामहरि खतिवडाले बताए । 
 
त्यतिवेलाको संसदीय दलको निर्वाचनपछि मनोनित भएका अधिकांश तत्कालिन संस्थापन पक्षका भएपनि अहिले भने उनीहरु मध्ये केही देउवा पक्षमा लागेका छन् । तत्कालिन संस्थापन पक्षका अर्जुननरसिंह केसी, मानबहादुर विश्वकर्मा, फरमुल्लाह मन्सुर, जगदिशनरसिंह केसी, मधु शाही, मिठु मल्ल लगायतका नेताहरु महाधिवशन भन्दा अगाडी देखि नै देउवा पक्षमा लागेको हुन् । केसी, विश्वकर्मा र मन्सुरले आफु सहित केही सांसदहरु पनि देउवा पक्षमा रहेको दावी गरेका छन् । 
 
साथै तत्कालिन संस्थापन पक्षमा रहेका कृष्णप्रसाद सिटौलाको समुह पनि अहिले पौडेल समुहलाई सहयोग गर्नेमा आशंका छ । देउवा पक्षले पनि सिटौलाले पौडेल समुहलाई सहयोग नगर्ने विश्वास सहित आफुहरुले जित्नेमा ढुक्क देखिन्छन् । सिटौला समुहले संसदीय दलको निर्वाचनमा कस्लाई सहयोग गर्ने भन्ने रणनिति बनाउन छलफल थालेको छ । 
 
सिटौला समुहले सहयोग नगरेपनि आफुहरुले जित्ने हिसाव गरेर बसेको देउवा पक्षले जितलाई सजिलोका लागि मात्रै सिटौला समुहसंग छलफल गरेर सहयोग लिने आन्तरिक तयारी गरेको एक नेताले बताए । 
 
स्मरणीय यो छ की, देउवा र कोईरालाका विचमा भएको संसदीय दलको तत्कालिन निर्वाचनका बेला पौडेलले देउवालाई सहयोग गर्ने चर्चा चलेको थियो । तर तत्कालिन सभापति कोईरालाले पौडेललाई पार्टीको कार्यवहाक सभापति बनाउने सहमति पछि पौडेलले कोईरालालाई समर्थन गरेका थिए । त्यसैले त्यतिवेला पौडेलको व्यवहारबाट रुष्ट बनेका कोईराला निकटका कतिपय नेताहरुले अहिले पौडेललाई मतदान गर्छन् भन्ने निश्चीत छैन । 
 
अहिले पौडेल पक्षमा रहेका प्रकाशमान सिंह, डा. रामशरण महत लगायतका केही नेताहरु पौडेल पक्षबाट संसदीय दलको नेताको उम्मेदवार आफु हुन पाउनु पर्ने दावी गर्दैै आएका छन् । पौडेल पक्षबाट संसदीय दलको नेताको उम्मेदवार को हुने भन्ने पनि यकिन हुन सकेको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ