arrow

प्रदर्शनकारीमाथि सेनाको अन्धाधुन्ध गोली प्रहार, ३० को मृत्यु सयौं घाइते 

logo
प्रकाशित २०७६ जेठ २१ मंगलबार
sudan-aggitation.jpg

काठमाडौं । सुडानमा सेनाले प्रदर्शनकारीमाथि चलाएको अन्धाधुन्ध गोली प्रहारमा कम्तीमा ३० जनाको ज्यान गएको छ । सयौं घाइते भएका छन् । 

सुडानको राजधानी खार्तुममा सेनाले सैनिक शासनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि गोली प्रहार गरेको हो । सेनाले अस्पतालभित्र समेत प्रवेश गरेर गोली चलाएको अधिकारकर्मीहरुले जनाएका छन् ।

चिकित्सकहरुको केन्द्रीय टोलीले घटनामा सयौं व्यक्ति घाइते भएको र मृत्यु हुनेहरुको संख्या अझै बढ्न सक्ने दाबी गरेको छ ।

सैनिक शासनविरुद्ध प्रदर्शनकारीहरु सैनिक मुख्यालय बाहिर र शहरका मुख्य प्रशासनिक केन्द्र वरपर महिनौंदेखि अवरोध खडा गरेर धर्नामा बसेका थिए ।

सेनाको वर्तमान नेतृत्वले सेनाकै सहयोगमा ३० वर्ष शासन गरेका राष्ट्रपति ओमार अल बसिरलाई केही महिना अगाडि सत्ताच्यूत गरेर सत्ता आफैंले लिएको थियो ।

संयुक्त राष्ट्रसंघ लगायत विभिन्न मानवअधिकारवादी संस्थाहरुले निष्पक्ष छानबिनको माग समेत गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ