arrow

घाईते भएका डेल स्टेन अफ्रिकी टोलीबाट बाहिरिए

logo
प्रकाशित २०७६ जेठ २१ मंगलबार
Dale-Steyn.jpg

काठमाडौं। दक्षिण अफ्रिकाका फास्ट बलर डेल स्टेन घाईते भएर टोलिबाट बाहिरिएका छण्। उनको विश्वकप यात्रा यहीं सकिएको छ। १ सय २५ एकदिवसीय अन्तराष्ट्रीय खेलिसकेका ३६ बर्षिय स्टेनको यो चोट क्रिकेट जिवनको सन्यासको बाटो हुनसक्छ।

काँधको चोटसँग जुधिरहेका स्टेनको संभवत: अन्तिम विश्वकप हुनेथ्यो। उनी बाहिरिएसँगै उनको विश्वकप यात्रा टुंगिएको छ। उनको स्थानमा बेरन हेन्ड्रिक्स टोलिमा परेका छन्। मध्य गतिका देब्रे हाते बलर हेन्ड्रिक्स दक्षिण अफ्रिकाका लागि २ एकदिवसीय अन्तराष्ट्रिय खेलिसकेका छन्।

१ सय २५ एकदिवसीयमा १ सय ९६ विकेट लिईसकेका स्टेन टोलीमा नहुनुले उनको अनुभवको पाईदा अफ्रिकाले नपाउने भएको छ। जारी विश्वकपमा दुई खेल खेलेको अफ्रिका दुवै खेलमा पराजित भएर दवाबमा रहेको छ।

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ