arrow

'हिन्दुत्वनिष्ठ नेताहरुको छानी-छानी हत्या, देशमा कोहि पनि बोल्दैन'

logo
प्रकाशित २०७६ जेठ २१ मंगलबार
arjun1.jpg

भारत ।  हिन्दू मक्कल कत्च्छी, तमिलनाडुका संस्थापक अध्यक्ष अर्जुन संपथले तमिलनाडुमा हिन्दुत्वनिष्ठ नेताहरुको छानी-छानी हत्या गरिएको तर सो विषयमा भारतमा आवाज नउठेको बताएका छन् ।

अष्टम अखिल भारतीय हिन्दू राष्ट्र अधिवेशनको छैठो दिनको कार्यक्रममा संपथले भने, ‘नास्तिक द्रमुक सरकारको कारण तमिलनाडुमा जम्मू-कश्मीर राज्य जस्तो परिस्थिति उत्पन्न भएको छ । त्यहाँ हिन्दू विरोधी तथा भारत विरोधी शक्ति प्रबल भएको छ । राज्यमा जिहादी आतंकवादको खुल्ला छूट मिलेको छ । आजसम्म राज्यमा १७३ भन्दा अधिक हिन्दुत्वनिष्ठ नेताहरुको छानी-छानी हत्या गरिएको छ; तर यो विषयमा देशमा कोहि पनि केहि बोल्दैन । यसमा पनि चर्चा हुनु पर्दछ ।'  

अमरावती (महाराष्ट्र) का शिवधारा आश्रमको पूज्य संतश्री (डा.) संतोषज्यू महाराजले हिन्दू राष्ट्र आउने बताउदै यसका लागि सम्प्रदायले आफ्नो संकीर्ण विचार त्यागेर व्यापक दृष्टिले कार्य गर्नुपर्ने बताए । उनले भने, 'साधना एवं धर्मप्रसारको सुन्दर मिलाप अष्टम अखिल भारतीय हिन्दू राष्ट्र अधिवेशनमा देखाईदियो । अधिवेशनमा आएपछि हिन्दू धर्मको ध्यान राख्ने कोहि छ, यो देखेर आनन्द भयो । आर्थिक तथा अन्य कारणहरुले सिंधी समाज राष्ट्र-धर्म कार्यमा केहि समयको लागि टाढा रहयो; तर अब परिस्थिति बदलिएको छ । यो समाज पनि राष्ट्र-धर्म कार्यमा अग्रसर छ। हिन्दू राष्ट्र त आउने नै छ; केवल यसको लागि सम्प्रदायले आफ्नो संकीर्ण विचार त्यागेर व्यापक दृष्टिले कार्य गर्न आवश्यकता छ ।'

हिन्दू जनजागृति समितिको बिहार राज्य संयोजक संजय सिंहले अधिवेशनमा प्रस्तावको वाचन गरे। त्यस प्रस्तावलाई ‘हर हर महादेव’ को उद्घोषले उपस्थित सबै धर्माभिमानिले अनुमोदन गरेको छ ।

देहलीको अखिल भारतीय हिन्दू महासभाको राष्ट्रीय महासचिव मुन्ना कुमार शर्मालेदेशभरि फैलिएको हिन्दुत्वनिष्ठ संगठनहरुलाई एकत्र गरि त्यसलाई जोड्ने अत्यन्त प्रशंसनीय कार्य हिन्दू जनजागृति समितिले गरिरहेको बताइन् ।
   
भोपाल (मध्यप्रदेश) का भारत रक्षा मंचको राष्ट्रीय संयोजक सूर्यकांत केलकरले भने, 'असाममा ‘नैशनल रजिस्टर अफ सिटीजन्स’ को प्राथमिक काम आरम्भ गर्दा ३ करोड ३० लाख व्यक्तिहरु मध्ये ४० लाख व्यक्तिहरुले नागरिकताको प्रमाण दिन सकेन । त्यसैले देशमा बांग्लादेशी मुसलमान घुसपैठिलाई पत्ता लागाउनको लागि प्रत्येक राज्यमा ‘नैशनल रजिस्टर ऑफ सिटीजन्स’ लागू गर्न अति आवश्यक छ ।'

कर्नाटका उच्च न्यायालयका अधिवक्ता अमृतेश एन्.पीले भने, 'पानसरे, डा. दाभोलकर, गौरी लंकेशको हत्या सन्दर्भमा सत्य जानकारी बाहिर थाहा नहोस् त्यसैले ‘सीबीआई’ ले जानि-जानि अधिवक्ता संजीव पुनाठेकरलाई बन्दी बनाएको हो । म यसको निन्दा गर्छु तथा केन्द्र सरकार उनलाई तत्काल मुक्त गर्नको लागि माग गर्दछु ।'

वाराणसी (उत्तरप्रदेश) का ‘इन्डिया विथ विज्डम ग्रुप’ का राष्ट्रीय अध्यक्ष अधिवक्ता कमलेशचंद्र त्रिपाठीले वाराणसीको न्यायालयमा हिन्दुद्रोहिको विरोधमा ७० भन्दा पनि अधिक अभियोग प्रविष्ट गरिएको बताए । उनले  हाम्रो संघर्षको कारण ऊंटको कुर्बानी खुल्ला ठाउँमा गर्न नपाउने सुनाए  ।

मुंबईको ‘लष्कर-ए-हिंद’ को संस्थापक अध्यक्ष ईश्‍वरप्रसाद खंडेलवालले ‘भाईंदर मा श्री गणेश मन्दिर बचाउँनको लागि गरेको आन्दोलन’ को विषयमा सबैलाई जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ