arrow

विश्वकपमा श्रीलंकाको पहिलो जित, अफगानिस्तानको दोस्रो हार 

logo
प्रकाशित २०७६ जेठ २२ बुधबार
srilanka3.jpg

काठमाडौं । इंगल्याण्डमा भइरहेको १२ औं संस्करणको एक दिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले पहिलो जित दर्ता गरेको छ । मंगलबार राति वर्षाले प्रभावित खेलमा अफगानिस्तानलाई पराजित गर्दै श्रीलंकाले पहिलो जित निकालेको हो ।

Covers are still on

आफ्नो पहिलो खेलमा न्यूजिल्याण्डसंग लज्जास्पद भोगेको श्रीलंकाले कमजोर ब्याटिङ गरे पनि बलिङमा पकड जमाएपछि डीएल पद्दतिको आधारमा ३४ रनले अफगानिस्तानलाई हराएको हो । अफगानिस्तानले पहिलो खेलमा अष्ट्रेलियासंग पनि हार भोगेको थियो ।  

Afghanistan struggled to 57 for five but Najibullah Zadran restored hope, before falling short

कार्डिफमा मंगलबार राति वर्षाले प्रभावित खेलमा श्रीलंकाले दिएको १७८ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले ३२.४ ओभरमा अलआउट हुँदै १५२ रन मात्र बनाउन सक्यो ।

But they were let off the hook as Afghanistan fell 34 runs short of a revised target of 187

अफगानिस्तानका लागि नाजिबउल्लाह जद्रानले सर्वाधिक ४३ रन बनाए । हजरत उल्लाह जजाईले ३० तथा कप्तान गुल्बादिन नाइबले २३ रन जोडे ।

श्रीलंकाका नुवान प्रदीपले ४ विकेट लिए । यस्तै लाथिस मालिंगाले ३ विकेट लिए ।

Lasith Malinga of Sri Lanka celebrates after bowling Hamid Hassan to win the match

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३६.५ ओभरमा अलआउट हुँदै २०१ रन बनाएको थियो ।

Nabi celebrates

वर्षाको कारण दुई पटक रोकिएपछि ४१ ओभरमा झारिएको खेलमा श्रीलंकाले डीएल पद्दतिको आधारमा अफगानिस्तानलाई १७८ रनको नयाँ लक्ष्य दिएको हो  ।

Kusal Perera 50

कुशल परेराले ७८ रन बनाए बाहेक अन्य ब्याट्सम्यानले राम्रो साथ दिन सकेनन् ।

GettyImages-1153623087

अफगानिस्तानका मोहमद नाबीले ४, दलत जद्रान र राशिद खानले २–२ विकेट लिए । 

Sri Lanka lost five wickets for just 15 runs as their middle order collapsed but were let off

जितले श्रीलंका लयमा फर्किदै गएको छ भने अफगानिस्तान दक्षिण अफ्रिकाको बाटोमा गएको छ । लगातार दोस्रो हार पाउने पहिलो टिम दक्षिण अफ्रिका हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ