arrow

अन्धाधुन्ध गोली प्रहारबाट डार्बिनमा चार जनाको मृत्यु

logo
प्रकाशित २०७६ जेठ २२ बुधबार
killed1.jpg

काठमाडौं । अस्ट्रेलियामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तीमा चार जनाको मृत्यु भएको छ । नर्दन टेरिटोरी राज्यको राजधानी डार्बिनमा बन्दुकधारीले सटगन लिएर जथाभावी गोली प्रहार गर्दा उनीहरुको मृत्यु भएको हो । 

गोली प्रहारबाट पाँच जना घाइते भएका छन् । बीबीसीका अनुसार ४५ वर्षे एक व्यक्तिले सटगनबाट जथाभावी गोली प्रहार गरेको सूचना पाएपछि प्रहरीले सहरमा सुरक्षा सर्तकता अपनाएको थियो ।

डार्बिनको भित्री क्षेत्र वुल्नरमा कैयौं गोलीको आवाज सुनिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

यो घटना होटल र बारमा देखिएको हो । तर यो घटनालाई लिएर कुनै आतंककारी समूहको योजना भएको जस्तो नपाइएको अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बताएका छन् । तर पक्राउ परेका व्यक्तिका बारेमा विस्तृत जानकारी दिइएको छैन ।

उसले देखाएको हर्कतले मानसिक रुपले पीडित जस्तो पनि देखिने बुझिन्छ । एउटी महिलाको खुट्टामा मात्रै उसले थुप्रै गोली प्रहार गरेका थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ