arrow

फेडेरर र नाडालमध्ये एक बाहिरिँदैछन् सेमिफाइनलबाट 

logo
प्रकाशित २०७६ जेठ २२ बुधबार
federer-nadal.jpg

काठमाडौं । विश्वका दुई कीर्तिमानधारी टेनिस खेलाडीहरु रोजर फेडेरर र राफायल नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमै भिड्ने भएका छन् । 

पेरिसमा मंगलबार भएको क्वार्टरफाइनलमा स्वीस पूर्व विश्व नम्बर १ फेडेररले आफ्नै देशका स्टान वावरिन्कालाई पराजित गर्दै दोस्रो विश्व वरियताका स्पेनिश नाडालसंगको भेट पक्का गरे । 

तेस्रो वरियताका फेडेररले वावरिन्कालाई ७–६, ४–६, ७–६, र ६–४ को कठिन सेटमा पराजित गरे ।

यसअघि दोस्रो वरियताका नाडालले क्वार्टरफाइनलमा जापानिज खेलाडी केई निशिकोरीलाई ६–१,६–१ र ६–३ को सेटमा पराजित गरेका थिए ।

शुक्रबार रोला ग्यारोंमा एक पटक फेरि फेडेरर र नाडाल भिड्दै छन् । सेमिफाइनलमा यी दुईबीच ३९ औं भिडन्त हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ