arrow

विश्वकपमा भारत र दक्षिण अफ्रिका भिड्दै, राख्ला भारतले रेकर्ड ? 

जायन्ट किलर बन्ला बंगलादेश न्यूजिल्याण्ड विरुद्ध ?

logo
प्रकाशित २०७६ जेठ २२ बुधबार
india-southafrica.jpg

काठमाडौं । इंगल्याण्डमा भइरहेको विश्वकप एक दिवसीय क्रिकेटमा भारतले बुधबार पहिलो खेल खेल्दैछ । दिउँसो ३ः१५ बजे भारतले पहिलो खेल दक्षिण अफ्रिका विरुद्ध साउथह्याम्पटनमा खेल्न थालेको हो । 

इंगल्याण्डको मैदानमा दुवै टिमबीच चौथो खेल हुन लागेको हो । यसअघि ३ खेलमा भारतले दुई खेल जितेको छ । एक खेल हारेको छ । 

इंगल्याण्डको मैदानमा भारतले दक्षिण अफ्रिकासंग सन् १९९९ मा हार बेहोरेको थियो । उक्त खेलमा भारत १६ रनले हारेको थियो । त्यसपछि भएको खेलमा भारतले निरन्तर जित्दै आएको छ । 

सन् २०१२ पछि भारतले दक्षिण अफ्रिकालाई आइसीसीका पाँच अलग अलग इभेन्टमा हराएको छ । सन् २०१२  र २०१४ को टी–२० विश्वकप, २०१३ र २०१७ को च्याम्पियन्स ट्रफी तथा सन् २०१५ को विश्वकपमा भारतले दक्षिण अफ्रिकालाई हराएको छ । 

यो आंकडाले भारत बलियो देखिन्छ । तर विश्वकपमा भारतले दक्षिण अफ्रिकालाई एक पटक मात्र हराउन सकेको छ । अहिलेसम्म चार खेल खेलेकामा दक्षिण अफ्रिकाले तीन खेल जितेको छ । 

तर दुई पटकको च्याम्पियन भारतका १० पछिल्ला खेलमा दक्षिण अफ्रिका विरुद्धको खेलमा विजयी नतिजा ७० प्रतिशत आफ्नो पक्षमा पार्न सफल भएको छ । अर्थात् १० मा ७ खेल जितेको छ । 

बुधबारको विश्वकपमा भारतले पहिलो खेल खेल्दै गर्दा दक्षिण अफ्रिकाको तेस्रो खेल हुनेछ । यसअघिका दुवै खेल गुमाएको दक्षिण अफ्रिका घाइते भइसकेको छ । 

दक्षिण अफ्रिकालाई सेमिफाइनल यात्रा तय गर्नका लागि पनि यो खेल जित्नुपर्नेछ । लगातारको हारले दक्षिण अफ्रिका दवावमा छ । 

भारतको दक्षिण अफ्रिका विरुद्धका कीर्तिमानले गर्दा यो खेल पनि दक्षिण अफ्रिकाले गुमाउने सम्भावना बढी छ । तटस्थ स्थलमा भारत दक्षिण अफ्रिकासंग १२ वर्षदेखि हारेको छैन । 

विराट कोहलीको कप्तानीमा रहेको भारतले कस्तो खेल्ला ? पिचलाई हेर्ने हो भने साउथह्याम्पटनको यो मैदानमा हरियो घाँस छैन । यो ब्याटिङ पिच हो । 

बुधबारको अर्को खेल 
बुधबारको अर्को खेलमा साँझ ६ः१५ बजे बंगलादेश र न्यूजिल्याण्ड खेल्दैछन् । लण्डनमा हुने खेल दुवै टिमको दोस्रो खेल हो ।

न्यूजिल्याण्डले पहिलो खेलमा श्रीलंकालाई १० विकेटले हराएको थियो भने बंगलादेशले पहिलो खेलमा दक्षिण अफ्रिकालाई २१ रनले हराएको थियो । 

दुवै टिमको मनोबल उच्च छ । फेरि बंगलादेश कतै जायन्ट किलर बन्ने त हैन भनी चासो बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ