arrow

उत्तर कोरियाले अमेरिकालाई धम्की दिँदै भन्यो – धैर्यको पनि सीमा हुन्छ 

logo
प्रकाशित २०७६ जेठ २२ बुधबार
trump-kim3.jpg

काठमाडौं । उत्तर कोरियाले अमेरिकालाई धैर्य टुट्नुअघि नै वार्तालाई अगाडि बढाउन सचेत गराएको छ । कोरियाले फेरि एक पटक आफूमाथि लागेको प्रतिवन्धलाई लिएर अमेरिकालाई धम्की दिएको हो । 

कोरियाली सरकारले कोरियाली सेन्ट्रल न्यूज एजेन्सी केसीएनए मार्फत बुधबार वासिङटन वार्ताका लागि सही कुटनीतिक प्रक्रिया अपनाओस् भनेको छ । यदि वार्ता प्रक्रिया तत्काल अगाडि नबढाए धैर्य टुट्ने चेतावनी दिएको छ ।

उत्तर कोरियाका विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाले आफ्नो आंकलनको तरिका बदल्नु पर्ने बताएका छन् । उनले पछिल्ला एक वर्षमा आफूहरुमा आएको परिवर्तन अमेरिकाले नदेखेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

धैर्यको पनि सीमा हुन्छ भन्दै कोरियाले अमेरिकालाई सचेत गराएको हो । यसअघिका वार्ताको अर्थ अमेरिकाले नलगाएको आरोप समेत लगाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ