arrow

टीएमसीका नेताको हत्यापछि पश्चिम बंगालमा तनाव, ममताका भतिजाले भने ‘जय श्रीराम’को टीआरपी घट्यो

logo
प्रकाशित २०७६ जेठ २२ बुधबार
benerj-bhatij.jpg

काठमाडौं । भारतको पश्चिम बंगालमा ‘जय श्रीराम’ नारामा देखिएको विवादको बचिमा पद्मश्री पुरस्कारबाट सम्मानित भइसकेकी निर्माता अपर्ण सेनले नेताहरुले धर्मको विषयलाई मुद्दा बनाउन नहुने बताएकी छिन् । उनले धर्म र राजनीति फरक फरक हुनुपर्ने बताएकी छिन् ।

उनले भाजपाको जय श्रीरामको नारामा भड्किने गरेकी ममता बनर्जीले पनि यस विषयमा धेरै प्रतिक्रिया दिनु उचित नरहेको बताएकी छिन् । उनका अनुसार भाजपाका कार्यकर्ताको नाराको जवाफ दिएर आफूलाई नै हल्का बनाइरहेको उनको भनाइ छ ।

ममताका भतिजाले भने भाजपाका कार्यकर्ताको जय श्रीराम नाराको टीआरपी घट्दो क्रममा रहेको बताएका छन्। एक साक्षात्कारमा अपर्णाले धर्म र राजनीतिलाई एकै ठाउँमा मिसाउनु नहुने बताएकी हुन् । उनका अनुसार राजनीतिमा धर्म मिसाउँदा द्वेष, घृणा, टकरावजस्ता समस्या उत्पन्न हुन्छ । उनले राजनीतिमा जय श्रीराम, अल्लाह हू अबकर र अन्य जय मां कालीजस्ता नारामा रोक लगाउनु आवश्यक रहेको बताइन् ।

यसअघि भाजपाका कार्यकर्ताले ममता बनर्जीको काफिला जाने क्रममा बाटोमा जय श्रीरामको नारा लगाएका थिए । यसपछि ममताले बीच सडकमा ओर्लिएर मानिसहरुलाई झपारेकी थिइन् । यसपछि भाजपाले ममतालाई जय श्रीराम लेखिएको पोस्टकार्ड पठाउने निर्णय गरेको थियो ।

यसैबीच मंगलवार तृणमूल कांग्रेस (टीएमसी)का कार्यकर्ताको उत्तरी कोलकाताको दमदमक्षेत्रमा हत्या भएको छ । अज्ञान समूहले उनको गोली हानी हत्या गरेको हो । टीएमसीले यो आक्रमणमा भाजपाको हात रहेको आरोप लगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ