arrow

प्रधानमन्त्री ओलीलो माओ त्से–तुङको पार्थिव शरीरमा दिए श्रद्धाञ्जली

logo
प्रकाशित २०७२ चैत १० बुधबार
tiyanmen.jpg.jpeg
काठमाडौं । मित्रराष्ट्र चीनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेइजिङस्थित तियानमेन स्क्वायरमा राखिएको जनवादी गणतन्त्र चीनका अध्यक्ष माओ त्से–तुङकोे पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।  
 
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले जारी गरेको विज्ञप्तीमा चीन भ्रमणमा रहेका ओलीले जनवादी गणतन्त्रका अध्यक्ष माओ त्से–तुङको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेको उल्लेख छ । यसअघि,  अाेलीले स्क्वायरमा रहेको चिनियाँ वीर शहीदको स्मारक स्तम्भमा पुष्पगुच्छा चढाए । प्रधानमन्त्री ओली तियानमेन स्क्वायर पुग्दा सम्मानमा राष्ट्रिय धुुन बजाइएको थियो । 
 
प्रसिद्ध पर्यटकीय स्थलसमेत रहेको तियानमेन क्षेत्रमा नेपाल र चीनका झन्डा फहराइएका छन् । प्रधानमन्त्रीले बेइजिङमा पिपल्स पोलिटिकल कन्सलटेटिभ कन्फ्रेन्सका अध्यक्ष यु चेनसेंगसँग ग्रेट हल अफ दि पिपुलमा भेटवार्ता गर्ने र बेइजिङको औपचारिक कार्यक्रमपछि हेनान प्रान्तको सान्या सहर जाने कार्यक्रम छ । प्रधानमन्त्रीले बिहीबार हाइनानमा एसियाको नयाँ भविष्य, नयाँ आयाम र नयाँ दृष्टिकोण विषयमा बोआओ मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेकोे विज्ञप्तिमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ