arrow

राष्ट्र बैंकमा ३‍० वर्षे हटाउने सम्बन्धी मुद्दाको पूर्णपाठ, निर्णयको अधिकार राष्ट्र बैंकलाई

logo
प्रकाशित २०७६ जेठ २२ बुधबार
suprem-court.jpeg

काठमाडौं । नेपाल राष्ट्र बैंकको ३० वर्षै सेवा अवधि सम्बन्धी मुद्दाको पूर्ण पाठ आएको छ । गत मंसिर १८ गते फैसला भएको मुद्दाको पूर्ण पाठमा सर्वाेच्चले कर्मचारी सेवा अवधिको विषयमा राष्ट्र बैंकले नै आवश्यक निर्णय लिन सक्ने व्यवस्था गरेको हो । 

यस अघि ३० वर्षे सेवा अवधि वा ५८ वर्ष पूरा भएपछि दुई बाटोबाट अवकास पाउने व्यवस्था रहेकोमा राष्ट्र बैंकले यसअघि ३० वर्षे सेवा अवधि हटाउने विषयमा निर्णय गरिसकेको थियो । सो विषयमा राष्ट्र बैंककै ऋतुनाथ लम्सालसमेतले मुद्दा दायर गरी राष्ट्र बैंकको निर्णय विरुद्ध मुद्दा दायर गरेका थिए । सो मुद्दाको फैसलामा सर्वाेच्चले राष्ट्र बैंक आफैंले कर्मचारीको सेवा अवधिबारे निर्णय लिन सक्ने फैसला गरेको हो । 

अवकाश लिने एक महिना अघि नै विदा बस्ने नियमअनुसार नै विभिन्न ४ कार्यकारी निर्देशकहरु नारायणप्रसाद पौडेल, नरबहादुर थापा, भीष्मराज ढुङ्गाना र भरत शर्मा आचार्यको यहि जेठ २५ गतेदेखि अनिवार्य अवकास हुँदैछ । फैसलामा लोकसेवा आयोगको सुझाव मान्न राष्ट्र बैंक बाध्य नहुने पनि सर्वोच्चको फैसलामा लेखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ