arrow

चौतारी र आरम्भले अरु लघुवित्तसँग पनि मर्ज गर्ने 

logo
प्रकाशित २०७६ जेठ २२ बुधबार
chautari-laghu.jpg

काठमाडौं । रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्था र काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्सले एक आपसमा गाभिने सम्झौता गरेका छन् । आरम्भसँग गाभिने सम्झौतालाई पूर्णता दिदै अन्य लघुवित्तहरुसँग पनि गाभिने गृहकार्य अगाडी बढाइने चौतारी लघुवित्तका अध्यक्ष जगत पोखरेलले जानकारी दिए । 

उनले यो मर्जर पश्चात उपयुक्त थप संस्थाहरुसँग मर्जर वा प्राप्तीमा जाने बताउँदै तीन चार वर्षभित्र नेपालकै सबैभन्दा ठूलो नेटवर्क भएको लघुवित्त बन्ने दाबी गरे । राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा भने यो पहिलो मर्जबाटै पनि बन्ने भएको पोखरेलले बताए । चौतारी र आरम्भ गाभिएर बनेको आरम्भ चौतारी लघुवित्त बैंकको समेत अध्यक्ष रहेका पोखरेलले नयाँ बैँकले पनि हाल चौतारी लघुवित्तले प्रयोग गर्दे आइरहेको लोगो नै प्रयोग गर्ने बताए ।   

चौतारी र आरम्भले सम्झौता भएको तीन महिनाभित्र संयुक्त कारोबार थाल्ने कार्यतालिका बनाएर अगाडि बढ्ने सम्झौता छ । सम्झौतामा चौतारीका तर्फबाट संचालक समितिका अध्यक्ष जगत पोखरेल र आरम्भका तर्फबाट संचालक समितिका अध्यक्ष दिपक तिवारीले हस्ताक्षर गरेका छन् । केही महिना अगाडि मात्रै प्राथमिक शेयर निष्काशन गरि बाँडफाँड गरेको चौतारी र आरम्भले राष्ट्र बैंकको निर्देशनपछि मर्जरको बाटो रोजेका हुन् । 

यसअघि आरम्भले हकप्रद जारी गरि पूँजी वृद्धि गर्ने प्रस्ताव साधारणसभाबाटै पारित गराएको थियो तर हकप्रद निष्काशनमा राष्ट्र बैंकले अंकुश लगाएपछि वैकल्पिक बाटो अंगालेको हो । यसअघि आरम्भ ७० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णयमा पुगेको थियो । मर्जर सम्झौता हस्ताक्षर कार्यक्रममा चौतारीका अध्यक्ष पोखरेलले माइक्रोफाइनान्स कम्पनीमा डुब्लिकेशन, मल्टिफाइनान्सिङ जस्ता समस्या देखिएकाले मर्जरपश्चात अनावश्यक भार खेप्नुपरेको अवस्था सहज हुने बताए । 

दुबै लघुवित्त एक बराबर एक  शेयर स्वाप रेसियोमा गाभिने र एकीकृत संस्थाको नाम आरम्भ चौतारी लघुवित्त रहने छ । आरम्भको चुक्ता पूँजी ६ करोड रुपैयाँ छ भने चौतारीको १८ करोड ६० लाख छ । नयाँ बन्ने लघुवित्तको चुक्ता पूँजी २४ करोड ६० लाख पुग्नेछ । यस्तै संस्थापक शेयर ६३.६६ प्रतिशत र साधारण शेयरको अनुपात ३६.३४ प्रतिशत कायम रहनेछ । 

चौतारी र आरम्भ दुवैले १५ र १५ जिल्लामा आफ्नो सेवा संचालन गरिरहेका छन् । वित्तीय संस्थाले तत्काल ३० जिल्लाका ७७ शाखा मार्फत करिब ३० हजार महिला सदस्यमा सेवा प्रवाह गर्नेछ । दुबै संस्थाको लगानीमा रहेको कर्जा एक अर्ब ९५ करोड र ६० करोड बचत रहेको छ । नयाँ संस्थाको प्रमुख कार्यकारी अधिकृतमा चौतारीकै प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरे रहेका छन् भने सञ्चालक समितिमा चौतारीको अध्यक्षसहित ४ जना र आरम्भ माइक्रोफाइनान्सको २ जना रहने सहमति भएको छ। अबको केन्द्रीय कार्यालय आरम्भको केन्द्रीय कार्यालयलाई नै मानिने भएको छ । अहिले चौतारीको ५६ शाखा छ भने आरम्भको २० शाखा रहेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ