arrow

इन्फान्टिनो पुनः फिफाको अध्यक्ष, नेपाली टोपी शिरमा ढल्काए 

logo
प्रकाशित २०७६ जेठ २२ बुधबार
anfa-infantino.jpg

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको अध्यक्षमा जियानी इन्फान्टिनो फेरि पनि निर्वाचित भएका छन् । उनी दोस्रो पटक फिफाको अध्यक्षमा निर्वाचित भएका हुन् । 

Gianni Infantino

इन्फान्टिनो सन् २०२३ सम्मका लागि निर्वाचित भएका हुन् । फ्रान्सको पेरिसमा बसेको फिफाको ६९ औँ वार्षिक साधारण सभाले इन्फान्टिनोलाई दोस्रो पटक नेतृत्वका लागि निर्विरोध निर्वाचित गरेको हो । 

Image may contain: 3 people, people smiling, people sitting and eyeglasses

४९ वर्षीय इन्फान्टिनोले सेप ब्लाटर भ्रष्टाचार मुद्धामा निलम्बनमा परेपछि नेतृत्व पाएका थिए । उनले सन् २०२६ को विश्वकपबाट सहभागी देशको संख्या बढाएर ३२ टिमबाट ४८ पुर्याएका छन् । 

लगाए नेपाली ढाका टोपी 
इन्फान्टिनोलाई नेपाली प्रतिनिधिहरुले शिरमा ढाका टोपी लगाइदिएका छन् । ढाका टोपी उनलाई निकै सुहाएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले उनलाई टोपी लगाइदिएका थिए । 

एन्फाबाट वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र उपाध्यक्ष वीर बहादुर खड्का पनि सहभागी भए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ