arrow

रोहितको कीर्तिमानी सतकले भारतले पछार्यो दक्षिण अफ्रिकालाई 

logo
प्रकाशित २०७६ जेठ २२ बुधबार
rohit-sharma.jpeg

काठमाडौं । रोहित शर्माको कीर्तिमानी सतकको मद्धतले भारतले इंगल्याण्डमा भइरहेको विश्वकप क्रिकेटमा सुखद सुरुआत गरेको छ । 

GettyImages-1153870752

भारतले पहिलो खेलमै दक्षिण अफ्रिकामाथि ६ विकेटको जित निकालेको हो । साउथह्याम्पनमा बुधबार राति भएको खेलमा भारतले २२८ रनको लक्ष्य ४७.३ ओभरमै ४ विकेटको नोक्सानीमा पूरा गरेको हो । 

GettyImages-1153875459

भारतको जितका नायक रोहित शर्मा बने । उनले १४४ बलमा नटआउट १२२ रन बनाए । रोहितको यो रन जारी विश्वकपको सर्वाधिक रन हो । 

उनले एक दिवसीय करियरमा २३ औं सतक बनाएका छन् । उनले सतकमा भारतीय पूर्व कप्तान सौरभ गांगुलीलाई पछि छाडेका छन् । 

GettyImages-1153869775 (1)

भारतीय पारी नचलिरहेको अवस्थामा शर्माले राम्रो प्रदर्शन गरेका हुन् । शिखर धवन ८ रनमा र कप्तान विराट कोहली १८ रनमा आउट भएपछि भारत कमजोर स्थितिमा थियो । 

CWC19: SA v IND: Dhawan breaks his bat

लोकेश राहुलले २६ तथा महेन्द्रसिंह धोनीले ३४ रन बनाएर रोहितलाई साथ दिएका थिए । त्यसैगरी हार्दिक पाण्डेयाले ७ बलमा नटआउट १५ रन बनाए । 

View image on Twitter

कागिसो रबाडाले २ तथा क्रिस मोरिस र एन्डाइल फेलुकवायोले १–१ विकेट लिएका थिए । 

GettyImages-1153872456 (1)

यसअघि टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ९ विकेटको नोक्सानीमा २२७ रन बनाएको थियो ।

Chris Morris batting

क्रिस मोरिसले ४२ तथा कागिसो रबाडाले नटआउट ३१ रन बनाइ । कप्तान फाफ डु प्लेसिसले ३८ रन बनाए । 

Kagiso Rabada batting

भारतका लागि युजभेन्द्र चाहालले ४ तथा भुवनेश्वर कुमार र जसप्रित बुमराहले २–२ विकेट लिए । कुलदिप यादवले १ विकेट लिए । 

GettyImages-1153851075

यो जितपछि भारतले विजयी सुरुआत गर्दा दक्षिण अफ्रिकाले लगातार तेस्रो खेल हारेको छ । 

View image on Twitter



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ