arrow

धेरै बढाएर आयल निगमले थोरै घटायो पेट्रोलको मूल्य

logo
प्रकाशित २०७६ जेठ २३ बिहिबार
nepal-oil-corporation.jpg.jpeg

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैँया घटाएको छ ।  ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैँयाका दरले समायोजन गरिएको निगमले जनाएको छ ।     
     
 मूल्य समायोजनसँगै पेट्रोलको नयाँ खुद्रा मूल्य रु ११० प्रतिलिटर कायम भएको छ । भारतीय आयल कर्पोरेशनबाट यही जेठ १८ गते प्राप्त नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थ मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको निगमका उपनिर्देशक विनितमणि उपाध्यायले जानकारी दिए ।

 डिजल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।     

दुईसाता अघि बजेट भाषणको क्रममा अर्थमन्त्री डा युवराज खतिवडाले सडक बनाउने नाममा प्रतिलिटर पेट्रोल र डिजेलमा १–१ रुपैयाँ थप शुल्क लिने निर्णय गरेका थिए । 

तर बजेट भाषण लगत्तै निगमले रातारात मूल्य समायोजन गरेर पेट्रोलमा र डिजेल र मट्टितेलमा डेढ–डेढ रुपैयाँ वृद्धि गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ