arrow

शंकरदेव क्याम्पसमा देउवा निकट दुई विद्यार्थी गुटबीच झडप, केहि घाइते

logo
प्रकाशित २०७२ चैत १० बुधबार
npu-flag.jpg.jpeg
काठमाडौं। काठमाडौं पुतलीसडकस्थित शंकरदेव क्याम्पमा नेपाल विद्यार्थी संघका दुई गुटबीच भएको आपसी झडपमा केहि विद्यार्थी घाइते भएङ्का छन्। झडपमा स्ववियू सभापति शुभराम बस्नेत गम्भिर घाईते भएका छन्। ईकाई समिति गठनका बिषयमा भएको विबाद बढ्दै हुँदा दुई पक्षबीच झडप भएको हो। झडपमा उत्रिएका दुई समुह दुबै काँग्रेस सभापति शेर बहादुर निकट हुन। घाइते भएका बस्नेत नेविसंघका नेता नैनसिंह महर र ऋषिकेशजंग शाह निकट हुन। 
 
झडपमा उत्रिएको अर्को पक्ष भने नेविसंघका नेता जीतजंग बस्नेत निकट हुन्। जीतजंग निकट विद्यार्थीहरुले ईकाई समितिले कुनै काम नगरेको भन्दै विद्यार्थीहरुको भेलाबाट कैलाश थापाको अध्यक्षतामा ७५ सदस्यीय नयाँ समिति गठन गरेका थिए। यो प्रकिया शुरु भएपछि क्याम्पसमा विबाद शुरु भएको थियो। 
 
नयाँ ईकाई समिति गठनको प्रक्रिया भइरहँदा स्ववियू सभापति बस्नेतले आक्रमण गरेको नेविसंघका इकाइ समितिका नयाँ अध्यक्ष कैलाश थापाले बताए। दुई वर्षसम्म पनि कुनै काम नगरेको र पार्टी सभापतिको मृत्यूमा शोक पुस्तिका समेत नराखेपछि नयाँ तदर्थ समिति गठन गरिएको थापाले बताए। तर नयाँ समिति गठन गरेर घोषणा गर्न लाग्दा बस्नेतले आक्रमण गरेको थापाले बताए। 
 
अचानक आक्रमण गरेपछि विद्यार्थीफहरुले प्रतिवाद गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। विद्यार्थीहरुले झडपछि बस्नेतको टाउको र मुखमा चोट लागेको छ। उनको अहिले मोडल अस्पत्तालमा उपचार भैरहेको छ। 
 
बस्नेत समूहले भने आफूहरुमाथि सुनियोजित आक्रमण गरिएको आरोप लगाएका छन्। झडपमा अर्का एक विसद्यार्थी पनि घाइते भएका छन्। दुई पक्षबीच भएको झडपलाई प्रहरीले गएर नियन्त्रणमा लिएको थियो। थप झडप हुन नदिन क्याम्पस परीसरमा व्यापक प्रहरी परिचालन गरिएको छ।
 
थापाले विस्तार गरेको तदर्थ समिति भने यस प्रकार छः 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ