arrow

अवैध काठ चोरी गर्ने विषयमा कुरा नमिल्दा आफ्नै साथीलाई खुकुरी प्रहार

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७२ चैत १० बुधबार
Rukum-hamrakura.jpg.jpeg
रुकुम । अवैध काठ चोरी तस्करी गर्नको लागि  आपसमा कुरा नमिल्दा रुकुमका दुई युवाबीच खुकुरी हानाहान भएको छ । गोतामकोट गाविस –४ का ३८ वर्षीय धनबहादुर बस्नेत र वीरबहादुर थापाबीच अवैध काठ चोरी तस्करी गर्ने विषयमा कुरा नमिल्दा खुकुरी हानाहान भएको हो । थापाले जंगलमा रहेको अवैध काठ तस्करी गरौं भन्दा बस्नेतले नमानेपछि घटना घटेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
 
थापा र बस्नेतबीच विवाद भएपछि थापाले खुकुरी प्रहार गर्दा बस्नेत गम्भीर घाइते भएका छन् । खुकुरी प्रहारबाट बस्नेतको टाउको र हातमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय रुकुमका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक पुष्पकमल श्रेष्ठले जानकारी दिए । गम्भिर घाइते बस्नेतलाई जिल्ला स्वास्थ्य कार्यालय रुकुममा उपचार हुन नसकेपछि थप उपचारको लागि यती एरलाइन्सको विमानबाट काठमाडौं लगिएको छ । खुकुरी प्रहार गर्ने थापालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ