arrow

नेपालमा पहिलो पटक वास मेला सुरु

logo
प्रकाशित २०७६ जेठ २५ शनिबार
wash-expo-19.jpg

काठमाडौं। नेपालमा पहिलो पटक खानेपानी सरसफाई मेला सुरु भएको छ। शहरी क्षेत्रको खानेपानी तथा सरसफाईमा भइरहेको गतिबिधि, उपलब्धी, यससंग सम्बन्धित कानुन, तथा बिभिन्न प्रबिधिका बारेमा जानकारी दिनका लागि दुई दिने मेला आयोजना गरीएको नेपाल नगरपालीका संघका अध्यक्ष तथा  धुलिखेल नगरपालीकाका मेयर अशोक ब्यान्जूले जानकारी दिए।

खानेपानी सरसफाई क्षेत्रमा काम गर्ने सरकारी तथा बिभिन्न गैर सरकारी निकाय, बिज्ञ सबै सरोकारवाला निकाय एकै स्थानमा भेला भएर यससंग सम्बन्धित बिभिन्न गतिबिधिका बारेमा जानकारी दिनका लागि बिभिन्न स्टल नै राखेर मेला आयोजना गरिएको छ। मेलामा खानेपानी सरसफाई संग सम्बन्धित प्रर्दशनी संगै ४ सत्रमा बिभिन्न बिषयमा छलफल तथा बहस समेत हुनेछ। 

काठमाडौको बसन्तपुरमा आयोजना गरीएको  दूई दिने वास मेलाको उद्घाटन खानेपानी मन्त्री विना मगरले गरे। राष्ट्रिय सरसफाइ सप्ताह तथा विश्व वातावरण दिवसको अवसरमा काठमाडौको बसन्तपुरमा ‘वास मेला’ सुरु भएको हो। मेलामा खानेपानी, सरसफाइ र स्वच्छता सँग सम्बन्धित २४ वटा स्टल राखिएको छ।
 
घरबाट निस्कीएको फोहोर व्यवस्थापनका लागि आएका नया प्रबिधि, घर घरमा शुद्ध पानी पुरयाउनका लागि उपलब्ध शुद्धिकरण गर्ने नया प्रबिधि र सामग्रीको बारेमा जानकारी गराउनका लागि यो मेला आयोजना गरीएको ब्यान्जुले बताए। मेलामा राखिएका स्टलहरुमा खानेपानी शुद्धिकरण गर्ने फिल्टर देखि महिनावारी हुँदा लगाउने विभिन्न प्याडहरु समेत राखिएको छ। जैविक एवं घरेलु स्यानिटरी प्याडका बारेमा जानकारी संगै  बनाउने तरिका समेत प्रदर्शनी गरीएको छ। 

यस्तै खानेपानी शुद्धिकरणका लागि क्लोरिनेशन विधि, आकाशे पानी संकलन एवं फिल्ट्रेशन विधि, खानेपानी र सरसफाइको सम्बधि नया प्रविधिहरु समेत स्टलमा राखिएको छ। भोलिसम्म सञ्चालन हुने मेलामा विभिन्न सत्रमा खानेपानी तथा सरसफाइ सम्बन्धी नाटक प्रदर्शनी तथा सांगितिक कार्यक्रम समेत हुनेछ।

२ लाख ४० हजार नगरपालीकाको अन्तराष्ट्रिय नगरपालिका संघका प्रतिनिधी, बंगलादेशको ५ नगरपालिकाका प्रतिनिधीले उनीहरुको शहरमा गरेका बिभिन्न नमुना कार्यक्रमका बारेमा जानकारी गराउने छन।

शहरी क्षेत्रमा २९ प्रतिशतले मात्र शुद्ध पानी पाएका छन भने ग्रामिण भेगमा पानीको पहुँच पुगेपनि  शुद्ध खानेपानी पुरयाउन सकिरहेको छैन। प्रत्येक नगरपालीकामा ३० देखि ४० वटा सार्बजनिक शौचालय हुनुपर्ने भएपनि अहिले नगरपालिकाहरुमा ४ देखी ५ वटा मात्र सार्बजनिक शौचालय रहेको संघका अध्यक्ष ब्यान्जुले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ