arrow

ससुराली गएका युवकको भीरबाट लडेर मृत्यु

logo
प्रकाशित २०७२ चैत १० बुधबार
Bajura-hamrakura.jpg.jpeg
बाजुरा । विकट बाजुराको गुदुखाती गाविसको तोलीमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुदुखाती गाविस –५ पुराबाब्लाका २२ वर्षीय उधव धामी छन् । धामी तोली ५ स्थित ठूलो खोला भन्ने स्थानबाट लडेका हुन् ।
 
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिए । ससुराली गएको बेला जंगलबाट काठ ल्याएर फर्किने क्रममा खुट्टा चिप्लीएर भीरबाट खसेको प्रहरीले बताएको छ । धामी ससुरासँगै काठ लिन जंगल गएका थिए । घटना लगत्तै प्रहरी टोली पुगेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ