arrow

रोयको कीर्तिमानी रनमा शकिबको सतक ओझेलमा 

logo
प्रकाशित २०७६ जेठ २६ आइतबार
jason-roy.jpg

काठमाडौं । इंगल्याण्डमा आयोजित आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आयोजक टिमले दोस्रो जित हासिल गरेको छ ।

CWC19: ENG v BAN - Jason Roy batting highlights

शनिबार राति भएको खेलमा बंगलादेशलाई १०६ रनको फराकिलो अन्तरले पराजित गर्दै इंगल्याण्डले दोस्रो जित निकालेको हो  ।

Roy clattered the umpire as he ran through for his hundred

कार्डिफमा इंगल्याण्डले अहिलेसम्मकै कीर्तिमानी ३८६ रन बनायो । जेसन रोयको बिस्फोटक ब्याटिङमा घरेलु टिमले ६ विकेटको नोक्सानीमा ३८६ रन बनाएको हो  । ओपनर रोयले १५३ रनको शतकीय इनिङ्स खेले । 

रोयले पहिलो विकेटका लागि ओपनर जोनी ब्रेस्ट्रोसंग १ सय २८ रनको साझेदारी गरेका थिए । जोनीले ५१ रन बनाए । यस्तै जोस बट्लरले ६४ रन बनाए । 

Bairstow scored 51 against Bangladesh

बंगलादेशका मोहमद सइफुदिन र हसन मिराजले २–२ विकेट लिए । जवाफमा बंगलादेश ४८.५ ओभरमा अलआउट हुँदै २८० रन बनायो ।

बंगलादेशका लागि शकिब अल हसनले १२१ रनको सतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै मुस्फिकर रहिमले ४४ रन जोडे । 

Stokes survived a short ball barrage to score 121

बंगलादेशलाई सस्तैमा समेट्न जोफ्रा आर्चर र बेन स्टोक्सले ३–३ विकेट लिए । मार्क उडको नाममा २ विकेट रह्यो ।

CWC19: ENG v BAN - Shakib Al Hasan 121 highlights

जितसंगै इंगल्याण्डले ३ खेलमा ४ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । बंगलादेशको यो दोस्रो हार हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ