न्यूजिल्याण्डको लगातार तेस्रो जित, पुछारमा अफगानिस्तान

प्रकाशित मिति : २०७६ जेठ २६ आइतबार

काठमाडौं। इंगल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले लगातार तेस्रो जित दर्ता गरेको छ ।

शनिबार राति भएको खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै न्यूजिल्याण्डले अपराजित यात्रा कायम राखेको हो ।

Taylor

अफगानिस्तानले दिएको १७३ रनको सामान्य लक्ष्य न्यूजिल्याण्डले ३२.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

Panorama

कप्तान केन विलियमसनले नटआउट हुँदै ७९ रन बनाए । यस्तै रोस टेलरले ४८ तथा कोलिन मुन्रोले २२ रन बनाए । अफगानिस्तानका अफताब आलमले ३ विकेट लिए । 

GettyImages-1154632936

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४१.१ ओभरमा अलआउट हुँदै १७२ रन बनाएको थियो । हास्मतउल्लाह साहिदीले सर्वाधिक ५९ रन बनाए । 

Hashmatullah

जेम्स निशमले ५ विकेट लिए भने लोकी फेर्गुसनले ४ विकेट लिए । 

Neesham bowling

जितसंगै न्यूजिल्याण्डले ३ खेलबाट ६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको छ । अफगानिस्तान भने लगातार तेस्रो हारसहित पुछारमा रहेको छ । दक्षिण अफ्रिका पनि अंकविहीन छ । 

img_20190608_154457

नयाँ