arrow

विश्वकप विजेता फ्रान्सको युरो कपमा यो स्तब्धता, शनिबार राति १३ खेल ३९ गोल 

रुस, जर्मनी, इटाली र बेल्जियमको जित

logo
प्रकाशित २०७६ जेठ २६ आइतबार
france13.jpg

काठमाडौं । युरो कप फुटबल छनोटमा विश्वकप विजेता फ्रान्स स्तब्ध भएको छ । फ्रान्सलाई टर्कीले स्तब्ध पारेको हो । शनिबार रातिको खेलमा टर्कीले फ्रान्सलाई २–० ले हराएको हो ।

The hosts netted twice late in the first half as they produced one of the finest performances

घरेलु मैदानमा खेलेको टर्कीलाई कान आयहानले खेलको ३० औं मिनेटमा अग्रता दिलाएका थिए ।

Kaan Ayhan rose ahead of both Raphael Varane and Olivier Giroud to head in the opening goal

सेन्गिज अन्डरले ४० औं मिनेटमा दोस्रो गोल गर्दै विश्व विजेता फ्रान्सलाई स्तब्ध बनाए ।

Things got worse for France 10 minutes later when Roma's Cengiz Under slotted home well

जितपछि टर्की ३ खेलमा सतप्रतिशत जित सहित ९ अंक बनाएर समूह एचको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको फ्रान्सले दुई जित र एक हारको नतिजा ब्यहोरेको छ । ग्रेजम्यमानदेखि एम्बाप्पेसम्म कोही पनि चलेनन् । 

Manchester United midfielder Pogba tried to win the midfield battle but France lacked rhythm

शनिबार रातिका अन्य खेलको नतिजा –
     समूह एचको खेलमा आइसल्याण्डले अल्बानियालाई १–० ले हरायो । मोल्डोभाले एन्डोरालाई १–० ले हरायो । 

Star striker Kylian Mbappe gave a thumbs up after fears he would need to go off with an injury

समूह ई को खेलमा क्रोएसियाले वेल्सलाई २–० ले हरायो । अजरबैजान हंगेरीसंग ३–० ले पराजित भयो । 

समूह सी को खेलमा जर्मनीले बेलारुसलाई २–० ले हरायो । लरोए साने र मार्कस रेउसले गोल गरे । नर्दन आयरल्याण्डले स्टोनियालाई २–१ ले हरायो । 

Turkey were well worth their victory in the end having defended so well to stop French attacks

समूह आई को खेलमा रुसले सान मारिनोलाई ९–० ले हरायो । आर्तेम जायुबाले ५ गोल गरे । बेल्जियमले काजखस्तानलाई ३–० ले हरायो । रोमेलु लुकाकु, तिमोथी कास्टाग्ने र ड्राइज मेन्टेन्सले १–१ गोल गरे । स्कटल्याण्डले साइप्रसलाई २–१ ले हरायो । 

Antoine Griezmann, who is yet to sort his club future, was left frustrated for the 90 minutes

समूह जे को खेलमा अर्मेनियाले लेचटेन्सटेनलाई ३–० ले हरायो । फिनल्याण्डले बोस्निया एन्ड हर्जगोविनालाई २–० ले हरायो । इटालीले ग्रीसलाई ३–० ले हरायो । बारेला, इन्सिग्ने र बोनुसीले १–१ गोल गरे ।      



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ