arrow

कार्यवाहक प्रधानमन्त्री गच्छदारले भने, ‘आलोपालो नेतृत्व गरौं, सरकार नढालौं’

logo
प्रकाशित २०७२ चैत १० बुधबार
Bijaya_Gachhadar.jpg.jpeg
विराटनगर । कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारले संविधान कार्यान्वयनका लागि प्रमुख राजनीतिक दलबीच तीन वर्षसम्मका लागि सहमति र सहकार्य आवश्यक भएको बताएका छन् ।  सञ्चारकर्मीसंगको भेटघाटमा गच्छदारले सहमतिको सरकार बन्न नसक्ने स्थितिमा नेपाली काँग्रेसलगायत अन्य दलसँग मुलुक सञ्चालन र संविधान कार्यान्वयनका लागि सहकार्य गर्न सकिने बताए ।  
 
लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार काँग्रेसले प्रतिपक्षीको भूमिका निर्वाह गर्दै संविधान कार्यान्वयनमा सघाउनुपर्ने धारणा राखे । कार्यवाहक प्रधानमन्त्री गच्छदारले अहिलेको सरकार ढल्ने सम्भावना नरहेको जिकिर गर्दै आलोपालो नेतृत्वका लागि वार्ता र छलफल गर्न आफूहरु तयार रहेको जानकारी दिए । मधेसवादी दलले संविधानको सीमाभित्रै रहेर वार्ता र सम्वादमार्फत समस्या टुङ्ग्याउनुपर्ने बताउँदै उहाँले आन्दोलन र विरोधका नाममा जनतालाई दुःख दिन नहुने उल्लेख गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ