arrow

भाजपा र तृणमूलबीच भिडन्त, गोली लागेर पाँच जनाको मृत्यु 

logo
प्रकाशित २०७६ जेठ २६ आइतबार
india-violence.jpeg

काठमाडौं । भारतस्थित पश्चिम बंगालमा लोकसभा चुनावका बेलादेखि सुरु भएको हिंसात्मक घटना अझै रोकिएको छैन । 

परगना जिल्लामा शनिबार बेलुकी भारतीय जनता पार्टी भाजपा र तृष्णमूल काँग्रेसबीच भएको भिडन्तमा गोली चलेपछि भाजपाका ४ तथा तृष्णमूलका १ कार्यकर्ताको ज्यान गएको छ । 

५ जना घाइते भएका छन् । पुलिसले यसबारेमा केही बोलेको छैन । भाजपाका प्रदेश महासचिव सायन्तन बसुले तृणमूलका कार्यकर्ता सन्देशखली इलाकामा भाजपाको झण्डा निकालेर फ्याँफिरहेको देखेपछि त्यसलाई रोक्न जाँदा गोली चलेको बताएका छन् । 

उनको दावी छ कि थप दुई जनाको पनि मृत्यु भएको खवर आए पनि शव अझै भेटिएको छैन । 

घटनाको जानकारी गृहमन्त्री अमित शाहलाई दिइसकिएको छ । भाजपाले भाजपा अध्यक्ष एवं गृहमन्त्री अमित शाहलाई यसको रिपोर्ट पठाएको छ ।

रिपोर्टमा मुकुल रोयले भनेका छन्, ‘तृणमूलका गुन्डाहरुले भाजपा कार्यकर्तामाथि हमला गरे । हाम्रा चार कार्यकर्ताको गोली मारेर हत्या भएको छ ।’

भाजपा सांसदहरुको एक टिम सोमबार उक्त घटनास्थल आसपासमा जानेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ