arrow

भारत–अष्ट्रेलियाबीच भिडन्त, यस्तो छ समीकरण

logo
प्रकाशित २०७६ जेठ २६ आइतबार
kohli-finch.JPG

काठमाडौं । इंगल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेटको १४ औं खेलमा आइतबार दिउँसो भारत र अष्ट्रेलिया भिड्दै छन् । यी दुई टिमलाई विश्वकपका सधैका दावेदार टिम मानिन्छ । 

लण्डनमा ३ः१५ बजेदेखि हुने खेलका लागि दुवै टिमको अग्नि परीक्षा रहेको समेत बताउन थालिएको छ । भारतले यसअघि दक्षिण अफ्रिकासंग मात्र खेलेको छ । र सफलता हासिल गरेको छ । 

अष्ट्रेलियाले यसअघि दुई खेल खेलेको छ र सफलता हासिल गरेको छ । अष्ट्रेलियाले अफगानिस्तान र वेष्ट इन्डिजलाई हराएको थियो । 

अष्ट्रेलिया र भारतबीच अहिलेसम्म विश्वकपमा ११ भिडन्त भएको छ । त्यसमा भारतको जित प्रतिशत न्यून छ । भारतले जम्मा ३ खेल जित्दा अष्ट्रेलियाको भागमा ८ जित रहेको छ । 

तेस्रो पटक विश्वकप जित्ने होडमा रहेको भारतलाई यो खेल जित्नुपर्ने दवाव छ । विराट कोहलीको कप्तानी र रवि शास्त्रीको प्रशिक्षणमा अष्ट्रेलियालाई हराउने रणनीति कस्तो बन्ला ? 

भारतलाई अझै पनि ब्याटिङ र बलिङको खाँचो छ । पहिलो खेलमा रोहित शर्मा बाहेक अरु कोही टिक्न नसक्नु नै चिन्ताको विषय बनेको छ । 

अष्ट्रेलियाका भने आपत परेका बेलामा जुनसुकै खेलाडी पनि सक्रिय हुन सक्छन् । वेष्टइन्डिज विरुद्ध लड्खडाएको अष्ट्रेलियालाई बलरले जोगाएका थिए । 

भारतसंग त एकसे एक ब्याट्सम्यान छन् । तर उनीहरुको ब्याट्ले बललाई हान्नुअघि नै विकेट ढल्नु दुर्भाग्य हो । 

अष्ट्रेलियाका कप्तान आरोन फिन्च भने आफ्नो टिमलाई कतिबेला कहाँ प्रयोग गर्ने भन्नेबारेमा सफल देखिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ