arrow

जीवन मरणको संघारमा पुगेकी रविनाले पाइन् नयाँ जीवन

logo
प्रकाशित २०७६ जेठ २६ आइतबार
Rabina_Family_photo.jpg

काठमाडौं । आठ बर्षसम्म जीवन मरणको संघारमा रहेकी दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ की रविना योगी मलद्धारको  शल्यक्रिया भएपछि नयाँ जीवन पाएकी छन् ।  आर्थिक अवस्था अत्यन्त कमजोर रहेको परिवारको सदस्य रहेकी योगीको अवस्थाको जानकारी पाउना साथ बसुन्धरा स्थित ग्रीनसिटी अस्पतालले आफ्नै अस्पतालमा बोलाई उनको निःशुल्क अप्रेशन गरिदिएपछि उनको परिवारले आफनो छोरीले नयाँ जीवनपाएको बताएको छ ।
 
बरिष्ठ वालशल्य  चिकित्सक डा. गेहराज  दाहालको नेतृत्वमा एनेस्थेसियामा डा. आशिष अमात्य र स्टाफ नर्सहरुको टोलीले पाँच घण्टा लगाएर उनको मलद्धारको अप्रेशन गरिएको थियो । त्यसअघि उनलाई अन्य बिभिन्न अस्पतालमा उपचारका लागि लगिएको तर अप्रेशन सफल हुन नसकेको योगीका परिबारले बताएका छन ।

विपन्न परिवारका शिवहरी योगी र लक्ष्मी योगीको कोखबाट जन्मजात मलद्वार विहिन छोरी जन्मिएपछि बुटवल, पाल्पा र काठमाडौंका विभिन्न अस्पतालमाउपचार र शल्यक्रिया प्रयास गरेपनि सफल हुन सकेको थिएन ।बरिष्ठ वालशल्यचिकित्सक डा. गेहराज दाहालको टोलीले जेष्ठ ६ गते ५ घण्टाको सफल शल्यक्रिया पश्चात उनको स्वास्थ्य राम्रो हुदै गएपछि  मात्रै आज हामी अस्पतालका तर्फबाट संचार माध्यम मार्फत जानकारी गराइएको हो ।  अस्पताल संचालन एउटा सेवा भाव पनि हो भन्ने उद्देशयले कसैले नयाँ जीवन पाउछ भने बिपन्न परिबारकै सदस्य भएर बञ्चित हुनुहुन्न भन्ने मान्यताका साथ सेवागर्ने गरिएको अस्पतालले जनाएको छ ।

आठबर्ष सम्म पेटमा प्वाल बनाएर दिशा निकाल्ने ब्यबस्था गरिएको  थियो । रविना भन्छिन, अप्रेशन भएपछि अब मेरो नयां जीवन शुरु हुने बताएकी छन । आमा लक्ष्मी योगी भन्छिन ,  स्कूल मेरी छोरीको अप्रेशनले हाम्रो परिबारमा खुशी छाएको छ ।

ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले यस्तो खालको सेवागर्ने अबसर अस्पतालाइ पर्‍यो भने जुनसुकै बेला पनि गर्न तयार रहेको कुरा पनि स्पष्ट पार्नुभएको छ । अध्यक्ष टन्डनले सेवा नै धर्म हो भन्ने मान्यताका साथ अस्पतालले विपन्न परिवारका विरामीलाई निःशुल्क उपचारको व्यवस्था गरेको र महिनाको दुइवटा सम्म निःशुल्क अप्रेशन समेत गर्ने गरेको जानकारी गराएका छन् ।

ग्रीनसिटीले यसअघि आर्थिक विपन्नताका कारण लामो समयसम्म उपचार नपाएका मलद्वार विहिनदुई दलितवालिकाहरु ९ महिना उमेरकी लोकमाया सुनार र १३ वर्षिया लिला विकको निःशुल्क उपचार गरेको थियो कुपण्डोलको सडकमा खुट्टा सुनिएको अबस्थामा मागेर बसेका दष्टिबिहीन दम्पत्ति सन्त मुखिया र उनकी श्रीमतीलाई १५ दिन सम्म अस्पतालमै भर्ना गरी पुर्ण स्वास्थ्य बनाएर पठाइएको थियो भने अहिले सम्म १८ वटा मुटुको अप्रेशन निुशुल्क गरिएको छ  । उनीहरु अहिले पुर्ण स्वस्थ छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ