arrow

झडपको अनुसन्धान गर्न प्रहरीले नै प्रहरीलाई खोरमा हाल्यो

logo
कर्ण चन्द,
प्रकाशित २०७२ चैत १० बुधबार
Doti-hamrakura.jpg.jpeg
डोटी । प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिनु अस्वभाविक नहोला तर, किन नियन्त्रणमा लियो भन्ने कुरा नौलो हुन सक्छ ? मंगलबार देशका पहाडी जिल्लामा होलीको रौनक थियो । सोही रौनकका क्रममा प्रहरीहरुले समेत कार्यालय बाहिर होली मनाउने सुर कसे । बाहिर जाँदा अलिअलि खानपानसंगै गोलमाल समेत भयो । अन्ततः गोलमालबारे गाँठी कुरो थाहा पाउन प्रहरीले प्रहरीलाई नै खोरमा हाल्नु पर्ने अवस्था आयो ।
 
डोटीको सरस्वतीनगर इलाका प्रहरी कार्यालय जोरायलमा प्रहरी र स्थानीयबीच साँझ भएको झडपको अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय डोटीले प्रहरी र स्थानीय गरी चार जनालाई नियन्त्रणमा लियो । इलाका प्रहरी चौकी इञ्चार्ज धनबहादुर नाथ, डिउटीमा रहेका प्रहरी जवान गोकर्ण बोहरा र मदिरा सेवनगरी कार्यालय भित्र पस्ने स्थानीय नरबहादुर कठायत र रवि कठायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मंगलबार बेलुका स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपमा परी प्रहरी हवल्दार रमेश सिंह धामी र जवानद्वय गोकर्ण बोहरा र कृष्णबहादुर चन्दलाई सामान्य चोट पटक समेत लागेको छ ।
 
घटनाको अनुन्धान गर्न प्रहरी र दुई जना स्थानीयलाई प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरिक्षक डिल्लीराज विष्टले बताए । स्थानीय र प्रहरी चौकीमा रहेका प्रहरीबीच भएको झडप इलाका प्रहरी चौकी बुडरबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ