arrow

भारतले राख्यो इज्जत, हरायो अष्ट्रेलियालाई 

logo
प्रकाशित २०७६ जेठ २७ सोमबार
india7.jpg

काठमाडौं । इंगल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा भारतले इज्जत राखेको छ । जारी प्रतियोगिताको सबैभन्दा प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको खेलमा भारतले अष्ट्रेलियालाई ३६ रनले हरायो । 

आइतबार राति लण्डनमा सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियाले प्रतिस्पर्धात्मक खेल खेले पनि पराजय भोग्न पुगेको हो । 

CWC19: IND v AUS - Some top fielding from both sides today

भारतले दिएको ३५३ रनको फराकिलो लक्ष्य पछ्याएको अष्ट्रेलियाले ३१६ रन मात्र बनाउन सक्यो ।

Warner

स्टिभ स्मिथले ६९, डेभिड वार्नरले ५६ तथा एलेक्स केरीले ५५ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । 

Finch

भारतका जसप्रित बुमराह र भुवनेश्वर कुमारले ३–३ विकेट लिए भने युजभेन्द्र चाहलले २ विकेट लिए । 

Embedded video

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको नोक्सानीमा ३५२ रनको विशाल स्कोर खडा गरेको थियो । शिखर धवनले १०९ बलमा ११७ रन बनाए ।

Dhawan

कप्तान विराट कोहलीले ८२, रोहित शर्माले ५७, हार्दिक पाण्डयाले २७ बलमा ४८ रन जोडे । महेन्द्र सिंह धोनीले १४ बलमा २७ रन बनाए । मार्कस स्टोनिसले सर्वाधिक २ विकेट लिए । 

Sharma

यो जितसंगै भारतले २ खेलबाट लगातार दोस्रो जितसहित ४ अंक जोडेको छ । पहिलो खेलमा भारतले दक्षिण अफ्रिकालाई हराएको थियो । जितले भारत तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । भारतले पहिलो खेलमा दक्षिण अफ्रीकालाई हराएको थियो ।

पहिलो हार बेहोरेको अष्ट्रेलियाको अष्ट्रेलियाको ३ खेलबाट ४ अंक छ । अष्ट्रेलिया तालिकाको चौथो स्थानमा झरेको छ । अष्ट्रेलियाले पहिलो खेलमा अफगानिस्तान र दोस्रोमा वेष्ट इण्डिजलाई हराएको थियो ।

सोमबार दक्षिण अफ्रिका र वेष्ट इन्डिज भिड्दै छन् । दक्षिण अफ्रिकाले लगातार तीन खेल हारेको छ भने वेष्ट इण्डिजले २ खेलमा एक खेल जितेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ