arrow

प्रेस युनियनका कार्यवाहक अध्यक्ष आचार्यलाई मात्रृ शोक

logo
प्रकाशित २०७२ चैत १० बुधबार
sabitridevi.jpg.jpeg
चितवन। नेपाल प्रेस युनियन केन्द्रीय समितिका कार्यवाहक अध्यक्ष तथा बरिष्ठ उपाध्यक्ष दिपक आचार्यलाई मात्रृशोक परेको छ। आचार्यको आमा सावित्रा देवी आचार्यको बुधवार हृद्यघातका कारण निधन भएको हो। दमको विरामी ६२ बर्षिय आचार्यको अचानक हृदयघात भई चितवन भरतपुरस्थित आफ्नै निवासमा बुधवार साँझ ८ वजे निधन भएको हो। 
 
स्वर्गीय आचार्यको बिहिवार विहान ८ वजे देवघाटमा अन्त्यष्टी गरिने परिवारका सदस्यहरुले जनाएका छन्। युनियनका बरिष्ठ उपाध्यक्ष आचार्य सहित स्वर्गीय आचार्यका ३ छोरा र एक छोरी रहेका छन्।
 
नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक वक्तव्य निकाल्दै स्वर्गीय आचार्यको निधनप्रति दुख प्रकट गरेका छन्। शिवाकोटीले एक शोक वक्तव्य निकाली स्वर्गीय आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त सम्पुर्ण आचार्य परिवारजनप्रति हार्दिक समबेदना ब्यक्त गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ