arrow

काँग्रेस नेता लिम्बुको निधन

logo
प्रकाशित २०७२ चैत १० बुधबार
flag-of-nepali-congress.jpg.jpeg
धनकुटा । नेपाली कांग्रेस धनकुटाका नेता  भूतवपूर्व सैनिक संघ धनकुटाका जिल्ला अध्यक्ष तथा नेपाली कांग्रेस धनकुटा क्षेत्र नं. १ का पूर्व क्षेत्रिय सभापति हरी प्रसाद लिम्बुको गए राती असामयिक निधन भएको छ ।
 
चैत्र ८ गते  एक्कासी हृदयघात भै उपचारका लागी धरानस्थित वि पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागी लगिएकोमा उपचार हुन नसकेपछि घरमानै ल्याएको अवस्थामा नेपाली कांग्रेस धनकुटाका नेता हरी प्रसाद लिम्बुको ७७ बर्षको उमेरमा गए राती ८.३० बजे आफ्नै निवास भेडेटार ३ सिमसुवामा निधन भएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताए।
 
१९९५ सालमा जन्मनी भएका हरी प्रसाद लिम्बु लामो समयदेखी नेपाली कांग्रेसमा सक्रिय थिए। उनी २०५३ साल देखी २०६७ सालसम्म तीन कार्यकाल नेपाली कांग्रेस क्षेत्र नं. १ धनकुटा को क्षेत्रिय सभापतिमा निर्वाचित भई जिम्मेवारी समालेका थिए भने उनले राम मावि लेउतीटारको स्थापना गरी लामो समयसम्म व्यवस्थापन समितिको अध्यक्ष भै काम गरेका थिए। हाल उनी नेपाली कांग्रेस धनकुटाका नेता तथा नेपाल भूतपूर्व सैनिक संघ धनकुटाका अध्यक्ष रही पार्टीको काममा क्रियाशिल रहनु भएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताए।
 
नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहनु भएका हरी प्रसाद लिम्बुको दुई छोराहरु दिलिप लिम्बु, पम्पु लिम्बु तथा वुहारीहरु र कान्छी श्रीमती पवित्रा रानी लिम्बु छन्। उनको आज चैत्र ११ गते अन्त्यष्ठि गरिने र उहाको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको समेत नेपाली कांग्रेस धनकुटाले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ