arrow

युवाहरु भैसी पालनतर्फ आकर्षित

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७६ जेठ २७ सोमबार
bufflow.jpg

कपिलवस्तु । बुद्धभूमी नगरपालिका वडा नं ४ का मोर्माका युवाहरु कृषक फर्म स्थापन गरी भैसीपालन व्यवसाय संचालनमा लागेका छन् । गत सालबाट बुद्धभूभी कृषि तथा पशुपालन फर्म दर्ता गरी व्यवसाय सूरु गरेका युवाहरु अहिले ३० वटा भैसी पालन गर्न सफल भएका छन् ।

स्थानीय विद्यालयको ८ विघाह जग्गा भाडामा लिएर गोठ निर्माण गरेका व्यवसायीलाई कार्य सम्पादनको आधारमा प्रदेश भुमी कृषि तथा सहकारी मन्त्रालयबाट १० लाख अनुदान र नगरपालिका वाट समेत २ लाख अनुपान प्राप्त गरी व्यवसाय गर्न थप सहजता मिलेको संचालक माधव पौडेलले बताए ।

कृषि तथा पशुपालन व्यवसाय गर्नको लागि आफुहरुले अहिलेसम्म ६३ लाख रकम लगानी गरी काम सूरुवात गरेको उनले बताए । स्थानीय स्तरमा दुध उत्पादन गरी कृषकहरुको समेत दुध संकलन गरी व्यापारमा सहयोग गर्नको लागी यो पेशा अपनाएको पौडेलले बताए । फर्मको सार्वजनीक सुनुवाई कार्यक्रममा वोल्दै नगरपालिकाका पशु विकास अधिकृत लक्ष्मणलाल श्रीवास्तवले व्यवसायीक रुपमा भैसीपालन गर्नकको लागी पुर्वाधार तयार गरी भैसी खरिद गरी पालन गरेको हुंदा नगरपालिकावाट २ लाख अनुदान र प्राविधिक सेवा उपलब्ध गराइएको बताए ।

त्यस्तै कार्यक्रममा वोल्दै वडा नं ३ का अध्यक्ष गोविन्द आर्चायले स्थानीय युवाहरुले दिर्घकालिन रुपमा व्यवसाय गर्नको लागी योजना लिएर आएका नगरपालिकावाट सहयोग गरिने बताए । कार्यक्रममका वोल्दै संचालक जगत प्रसाद पन्थीले आफुहरुलेस्थानीय रुपमा रोजगार सिर्जना गर्न र कृषिमा दिगोपना र आत्मनिर्भरको लागी १० वर्षे योजना अनुसार काम गरेको बताए ।

 साथै नगरपालिकासंग मिलेर लागत साझेदारीमा अन्य किसानहरुलाई सहुलियत दरमा दुध तथा भैसी खरिद गर्ने र विक्री गर्ने योजना बनाएको समेत उनले बताए । फर्ममा आगामी दिनमा माछापालन,कुखुरापालन ,उन्नत तरिकाले खेती लगायतका कामहरु गर्ने समेत उनले बताए ।

नगरपालिकाका कृषि विकास अधिकृत राजेन्द्र चौधरीले कृषि पेशालाई दिगो रुपमा लैजानको लागी स्थानीय सरकार कृषक समुह र बजार संग सहकार्य गरी काम गर्नु पर्ने सुझाव दिए । युवपाहरुको कामवाट अन्यलाई समेत स्वरोजगारको प्रेरणा मिल्ने स्थानीय मोति पोख्रेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ