क्रिकेट खेलाडी युवराज सिंहले सन्यास लिए

प्रकाशित मिति : २०७६ जेठ २७ सोमबार

काठमाडौं। भारतीय क्रिकेट का स्टार खेलाडी युवराज सिंहले अन्तराष्ट्रीय क्रिकेटबाट सन्यास लिएका छन्। विश्वकप २०११को विश्व बिजेता भारतीय टोलीका प्रमुख खेलाडी युवराजले विश्वकप क्रिकेट २०१९ चलिरहेको बेला सन्यास लिएका छन्।

सायद युवराज विश्वकप क्रिकेट २०१९मा भारतीय टोलीमा पर्ने आश गरेर बसेका थिए। युवराजले ४० टेष्ट, ३०४ एकदिवसीय अन्तराष्ट्रिय र ५८ टि-२० अन्तराषट्र्य क्रेकटमा भारतको प्रतिनिधित्व गरेका थिए।

सन् २०११ विश्वकप क्रिकेटका प्लेयर अप टोर्नामेन्ट युवराजले उक्त प्रतियोगितामा ४ वटा प्लेयर अफ म्याच पाएका थिए। उक्त विश्वकपमा ३ सय ६२ रन बानउँनुका साथै १५ विकेट पनि लिएका थिए। भारतलाई विश्वकप जिताउनुमा उनको प्रमुख भुमिका रहेको थियो।

उनले अन्तिम एकदिवसीय खेल वेष्टईण्डिज बिरुद्ध २०१७ जुन ३० मा खेलेका थिए।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ