- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बुटवल । रुपन्देहीको सैनामैनामा एक युवकले व्यापारीमाथि धारिलो हतियार प्रहार गरेका छन् । हतियार प्रहारबाट मुर्गियामा सोमबारे हाटबजारमा ब्यापार गरिरहेका सैनामैना ३ का वर्ष ५५ का बिष्णु पटवा घाईते भएका छन् ।
उनको पाखुरामा चोट लागेको छ । पटवाको अहिले लुम्बिनी पाद्रेशिक अस्पताल बुटवलमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी नायब निरीक्षक बाबुराम घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार सोमबारे बजारमा व्यापार गरिरहेका पटवाको पसलमा बुटवल १२ बेलबास घर भई हाल सैनामैना ३ सुनगाभा चोकमा बस्दै आएका बर्ष १८ का बिक्रम जिटीले पसलबाट रुमाल झिकी आफुले प्रयोग गरेपछि एक अर्काबीच बिवाद भएपछि जिटीले धारिलो हतियार प्रहार गरेका हुन् ।
उनले लागुऔषध सेवन गरेको पाईएको प्रहरीले जनाएको छ । थप अनुसन्धान जारी छ । यसैबीच जिटीलाई ईलाका प्रहरी कार्यालय रन्यौराले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बुटवल पठाईसकेको छ ।
यसैबीच सैनामैना उद्योग वाणिज्य संघले एक प्रेस बिज्ञप्ती जारी गर्दै दोषीलाई कार्यबाहीको माग गरेको छ ।