मालिङ्गा बिनै बङ्गालादेशसँग भिड्दै श्रीलङ्का

प्रकाशित मिति : २०७६ जेठ २८ मंगलबार

ब्रिस्टोल । श्रीलङ्काका प्रसिद्ध क्रिेकेट खेलाडी लासिथ मालिङ्गा मङ्गलबार बङ्गलादेशसँगको खेलमा देखिउका छैनन् ।

श्रीलङ्काका फास्ट बलरका रूपमा चिनिने मालिङ्गाले सासूआमाको अन्त्येष्टि समारोहमा उपस्थित हुन चाहेकाले उनलाई बङ्गलादेशविरुद्धको मङ्गलबारको विश्वकप खेलमा विदा दिइएको श्रीलङ्काको क्रिकेट बोर्डले जानकारी दिएको छ ।

सन् १९९६ को विश्वकप विजेता राष्ट्रले मालिङ्गा विना नै बेलायतको ब्रिस्टोलमा हुने खेल खेल्नेछ भने अर्को दिन अष्ट्रेलियाविरुद्धको खेलमा उहाँ फिर्ता आउनुहुनेछ ।

श्रीलङ्काको क्रिकेट बोर्डद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मालिङ्गा आफ्नी सासूआमाको मृत्युका कारण शोकमा परेका र अन्त्येष्टिका लागि मङ्गलबार नै श्रीलङ्का जाने कार्यक्रम तय भएका कारण उहाँलाई आजको खेलमा समावेश गरिने छैन ।” उहाँ जुन १५ मा हुने खेलमा सहभागी हुन एक दुईदिनभित्रमा नै बेलायत फर्किनुहुनेछ ।

श्रीलङ्काले यस बर्षको विश्वकप क्रिकेटमा अहिलेसम्म दुई खेल खेलेको छ । उसको न्यूजिल्याण्ड र अफगानिस्तानसँगको खेलमा न्यूजिल्याण्डसँग पराजय भएको थियो भने पाकिस्तानमाथि जीत हाँसिल गरेको छ । जसबाट उसले अहिलेसम्म जम्मा ३ अङ्क ल्याएको छ । एएफपी

नयाँ