arrow

प्रदेशगत बजेट : आन्तरिक स्रोत तर्फ कुन् प्रदेशको कति आय ? (सूचीसहित)

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७६ जेठ २९ बुधबार

काठमाडौं । विभिन्न प्रदेशहरुले आगामी आर्थिक वर्षको वार्षिक आय तयार पार्दैछन् । आफ्नो आन्तरिक स्रोत, केन्द्रले दिने अनुदान र राजश्व बाँडफाँट मार्फत् प्रदेशको भागमा पर्ने रकम सहितलाई आयको स्रोत मानेर ७ वटै प्रदेशले यही असार १ गते आफ्नो बजेट सार्वजनिक गर्न लागेका हुन् । 

सात वटै प्रदेशको आर्थिक मामला मन्त्रालयसँगको सम्पर्क पछि हाम्राकुराले तयार पारेको विवरण अनुसार कर्णाली प्रदेश आन्तरिक स्रोतमा सबैभन्दा कमजोर देखिएको छ भने प्रदेश नं ३ यो मामलामा सबैभन्दा अघि देखिएको छ । कर्णाली प्रदेशले जम्मा २५ करोड रुपैयाँ मात्रै आफ्नो आन्तरिक आय शीर्षकमा उठ्ने बताउँदै आएको छ । त्यसपछिको कमजोर मानिएको सुदूरपश्चिम प्रदेशले जम्मा ८४ करोड रुपैयाँ मात्रै आन्तरिक आय प्राप्त गर्ने बताइएको छ । सबैभन्दा धेरै कमाउने आकलन प्रदेश नं ३ ले गरेको छ । उसको आन्तरिक आय ११ अर्ब रुपैयाँ हाराहारीमा पुग्ने अनुमान छ ।  

अर्काे तर्फ मूल्य अभिवृद्धि कर र आन्तरिक उत्पादनमा लाग्ने अन्तःशुल्कको १५र१५ प्रतिशत प्रदेश र स्थानीय तहलाई दिईनेमा प्रदेशको तर्फ आउने रकमलाई हरेक प्रदेशले पाउने राजश्व पनि प्रदेशको बजेटको स्रोत हो । जस अन्तर्गत् सबैभन्दा धेरै प्रदेश नं २ ले १० अर्ब ४३ करोड रुपैयाँ पाउने बताएको छ । प्रदेश नं २ का आर्थिक मामला मन्त्रालयका प्रवक्ता अर्जुन न्यौपानेले सो जानकारी दिए । मन्त्रालयका बजेट शाखाका अर्का एक अधिकृतका अनुसार आगामी आर्थिक वर्षको बजेटका लागि ३ अर्ब ९० करोडको आन्तरिक स्रोतबाट बजेट प्राप्त हुने आकलन गरिएको छ । 

त्यस्तै, प्रदेश नं १ को आर्थिक मामला मन्त्रालयले पनि आगामी आर्थिक वर्षको लागि राजश्व बाँडफाँटमा १० अर्ब प्राप्त भएको र आन्तरिक आय ४ अर्ब रुपैयाँ प्राप्त हुने उल्लेख गरेको छ । प्रदेश नं ३ को चालू आर्थिक वर्षमा आन्तरिक स्रोत तर्फबाट १० अर्ब र केन्द्रको अनुदान ८ अर्ब रुपैयाँ थियो । यस वर्षको बजेटबारे बजेट भाषण अघि जानकारी दिन नमिल्ने प्रदेश नं ३ का आर्थिक मामला मन्त्रालयका प्रवक्ता किशोर बर्ताैलाले जानकारी दिए । मन्त्रालय स्रोतका अनुसार आगामी आर्थिक वर्षमा ११ अर्बको हाराहारीमा आन्तरिक आय हुने अनुमान गरिएको छ ।  

अर्काे तर्फ सुदूरपश्चिम प्रदेशका आर्थिक मामला मन्त्रालयका प्रवक्ता नवराज अर्यालले राजश्व बाँडफाँटबाट ७ अर्ब ९८ करोड रुपैयाँ प्राप्त हुने जानकारी दिए । उनले आन्तरिक स्रोतको बारेमा बजेटमा नै उल्लेख भएपछि सार्वजनिक गर्ने बताएका छन् । तर, मन्त्रालयका अर्का एक अधिकारीले दिएको जानकारी अनुसार आगामी आर्थिक वर्षको लागि आन्तरिक स्रोतबाट ४८ करोड रुपैयाँ आम्दानी हुने आकलन गरिएको छ । कर्णाली प्रदेशको आन्तरिक आय तर्फ २५ करोड रुपैयाँ प्राप्त हुने मन्त्रालयले जनाएको छ । राजश्व बाँडफाँट तर्फ भने आगामी वर्षको लागि वर्ष ७ अर्ब ४३ करोड रुपैयाँ प्राप्त हुने कर्णाली प्रदेशका आर्थिक मामला मन्त्रालयका उपसचिव केशव उपाध्यायले जानकारी दिए । 

प्रदेश नं ५ ले भने राजश्व बाँडफाँट तर्फ ९ अर्ब ९१ करोड २३ लाख रुपैयाँ प्राप्त भएको बताएको छ । त्यस्तै, आन्तरिक स्रोत तर्फ सो प्रदेशमा ३ अर्ब १९ करोड रुपैयाँ प्राप्त भएको जनाएको छ । गण्डकी प्रदेशको राजश्व बाँडफाँट तर्फ ७ अर्ब ७० करोड रुपैयाँ र आन्तरिक आय तर्फ २ अर्ब ५० करोड रुपैयाँ बजेटको स्रोतको रुपमा राख्ने तयारी छ । आगामी आर्थिक वर्षको बजेटमा सरकारले प्रदेश र स्थानीय सरकारलाई वित्तीय समानीकरण अनुदानतर्फ क्रमशः ५५ अर्ब ३० करोड र ८९ अर्ब ९५ करोड बजेट विनियोजन गरेको छ।

आगामी आवको बजेटमा समेटिने आन्तरिक स्रोत र राजश्व बाँडफाँटको बजेट तल उल्लेख गरिएको छ ।

प्रदेश आन्तरिक स्रोत  राजश्व बाँडफाँट
प्रदेश १ ४ अर्ब १० अर्ब 
प्रदेश २ ३ अर्ब ९० करोड १० अर्ब ४३ करोड
प्रदेश ३ १० अर्ब* ८ अर्ब*
गण्डकी २ अर्ब ५० करोड ७ अर्ब ७० करोड
प्रदेश ५ ९ अर्ब ९१ करोड ३ अर्ब १९ करोड
कर्णाली २५ करोड ७ अर्ब ४३ करोड
सुदूरपश्चिम ४ करोड ७ अर्ब ९८ करोड
  * चालू आवको बजेटको रकम   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ