arrow

नागरिक लगानी कोषमा तालाबन्दी, कर्मचारी भन्छन् 'हामीले बैंकबाट ऋण लिन पनि नपाउने ?' 

logo
प्रकाशित २०७६ जेठ ३० बिहिबार
CIT-photo.jpg

काठमाडौं । नागरिक लगानी कोषका कर्मचारीहरुले तालाबन्दी गरेका छन् । कर्मचारीहरुसँग छलफल समेत नगरी कर्मचारीसम्बन्धी निर्देशिका जारी गरेपछि कर्मचारीहरुले अध्यक्षको कार्यकक्षमा सांकेतिक तालाबन्दी गरेका हुन् । उनीहरुले त्यस्तो निर्देशिका खारेज गर्न ३ दिने अल्टिमेटम दिँदै नभए कार्यकारी निर्देशककै कार्यकक्षमा तालाबन्दी गरी काम ठप्प पार्ने चेतावनी समेत दिएका छन् । 

नागरिक लगानी कोषले ल्याएको नयाँ कर्मचारी निर्देशिकामा कोषमा कार्यरत कर्मचारीको वित्तीय कारोबारको हक समेत कुण्ठित गर्ने भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । त्यसरी नियमावली ल्याउँदा आधिकारिक ट्रेड युनियनसँग समेत समन्वय नगरेकोमा उनीहरुले विरोध गरेका हुन् । 

के छ निर्देशिकामा ?
नागरिक लगानी कोषले ल्याएको नयाँ निर्देशिकामा कोषमा काम गर्ने कर्मचारीलाई शेयर कारोबार गर्न रोक लगाइएको छ । नागरिक लगानी कोषले स्टक डिलरको काम गर्ने भन्दै कर्मचारीले शेयर कारोबार गर्दा अनुचित लाभ लिनसक्ने भन्दै दोस्रो बजारमा शेयर कारोबार गर्न रोक लगाउनेगरी निर्देशिका ल्याइएको हो ।

त्यस्तै, नागरिक लगानी कोषमा सञ्चय गर्ने बैंक तथा वित्तीय संस्थासँग कर्मचारीले ऋण कारोबार गर्न समेत नपाउने व्यवस्था समेत गरिएको छ, यसो गर्दा नागरिक लगानी कोषमा कमा गर्ने कर्मचारीले कोषमा रहुञ्जेल भैपरी आउने काम टार्न बैंकबाट ऋण लिन समेत पाउने छैनन् ।

नेपाल राष्ट्र बैंकबाट निर्देशक पदमा अवकाश पाएका रमण नेपाल कार्यकारी निर्देशक भएर आएदेखि नै कर्मचारीप्रति असहिष्णु देखिएका छन्, यसैको एउटा श्रंखलास्वरुप यस्तो निर्देशिका आएको कर्मचारीहरुको आरोप छ । सरकार समर्थित दलकै शुभेच्छुक संस्थाको रुपमा रहेको आधिकारिक ट्रेड युनियनले नै यसमा विरोध जनाउनाले नागरिक लगानी कोषमा नेपालले कसको इशारामा के गर्न खोज्दैछन् भन्ने बुझ्न नसकेको कर्मचारीहरु नै बताउँछन् । एक कर्मचारीले आक्रोश पोख्दै भने, ‘अब हामी शेयर किन्न र बैंकबाट ऋण लिन पनि नपाउने ? हामीले के अपराध गर्यौं ।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ