arrow

बजेटको उपहार, सबै सार्वजनिक सवारीमा १२ प्रतिशत भाडा बढ्यो 

logo
प्रकाशित २०७६ जेठ ३० बिहिबार
traffic_nepal.jpeg

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा मूल्य बृद्धि गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार सबैखाले सार्वजनिक सवारी साधनमा लागू हुनेगरी १२ प्रतिशतसम्म भाडा बृद्धि गरिएको हो । 

सरकारले आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीहरुको तलब १८ देखि २० प्रतिशतसम्म तलब बृद्धि गरेको थियो । त्यसैको असर सार्वजनिक सवारीमा मूल्यबृद्धिबाट सुरु भएको हो । यस अघि असोज महिनामा १० प्रतिशतसम्म भाडा बृद्धि गर्ने सहमति भएको थियो । अहिले सरकारले १२ प्रतिशतले हुनेगरी भाडा बढाएको हो । 

सार्वजनिक सवारीमा भाडा बढेसँगै अब अधिकांश उपभोग्य बस्तुहरुमा मूल्यबृद्धि हुने निश्चित छ । भाडादर समायोजन गर्ने विषयमा विभागले बुधबार महानगरपालिकासँग छलफल गरेको विभागका एक अधिकारीले जानकारी दिए।

विभागका अनुसार असार १ गतेदेखि लागू हुनेगरी सरकारले ट्याक्सीको भाडा पनि बढाएको छ । बढेको भाडा अनुसार अब ५० रुपैयाँमा एक किलो मिटरसम्ममात्रै यात्रा गर्न पाईन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ