arrow

चीनमा खानी दुर्घटनामा १९ को मृत्यु

logo
प्रकाशित २०७२ चैत ११ बिहिबार
china-news-@.jpg.jpeg
ताइउन । चीनमा वुधबार राति भएको खानी दुर्घटनामा परी कम्तीमा पनि १९ जनाको मृत्यु भएको छ । चिनियाँ समाचार समिति, सिन्ह्वाका अनुसार अधिकारीहरुले त्यहाँ हुने गरेको खानी दुर्घटनाको पछिल्लो शिकार १९ जना मजदुर भएको जानकारी दिएका हुन् । 
 
उत्तरी चीनको सान्ची प्रान्तमा बुधबार राति सो दुर्घटना भएको बताइएको छ । राति १० बजे उक्त प्रान्तको सानियान काउन्टीमा रहेको एन्पिङ खानीमा सो घटना भएको खानी मालिकले जानकारी दिएका छन् । खानीमा अकस्मात भएको विस्फोटमा परी १९को ज्यान गएको र अरु केही हराईरहेका प्राप्त समाचारमा जनाइएको छ । 
 
उक्त काउन्टीमा रहेको खानी समूहले बिहीबार त्यसमा अन्य मजदुर नफसेका र मृत्यु हुनेको सङ्ख्या १९ पुगेको जानकारी दिएका छन् । सो समूहले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– दुर्घटना भएको समयमा १२९ जना मजदुर कार्यरत थिए, अरु केही घाइते भएका छन् । उक्त दुर्घटनापछि घाइतेलाई अस्पताल पु¥याइएको छ भने थप उद्वारको काम जारी रहेको छ । सो काउन्टीमा यसअघि पनि कोइला खानीमा दुर्घटना भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ