arrow

सामुदायीक भवनका लागि ढकाल परिवारद्वारा जग्गादान

logo
प्रकाशित २०७६ जेठ ३० बिहिबार
lalpurja_hastantrn.jpg

वालिङ । वालिङ १ का ढकाल परिवारले खत्रीखोला आमा समुहलाई नि:शुल्क जग्गा दान गरेका छन् । सामुदायीक भवन निर्माणका लागि ढकाल परिवारले करिव ३ आना जग्गा नि:शुल्क दिएका हुन् ।

 स्थानीय कृष्णप्रसाद र शारदा ढकालले बुवाआमा स्वर्गिय दुर्गाप्रसाद र स्वर्गिय सावित्रा ढकालको स्मृतिमा नि:शुल्क जग्गा उपलव्ध गराएका हुन् । वालिङ नगरपालिकाका प्रवक्ता केदार काफ्लेको प्रमुख आथित्यतामा ढकाल परिवारले खत्रीखोला आमा समुहका अध्यक्ष दमयन्ती रेग्मीलाई लालपुर्जा हस्तान्तरण गरेका छन् ।

खत्रीखोला आमा समुहकै नाममा रजिष्ट्रेसन पास गरेर ढकाल परिवारले सामुदायीक भवनका लागि जग्गा नि:शुल्क दिएको नगर प्रवक्ता केदार काफ्लेले बताए । सामुदायीक भवनका लागि वडाले केही रकम छुट्टाएको थियो प्रवक्ता काफ्लेले भने,“जग्गा नहुदा भवन बनाउन कठिन भएको थियो ढकाल परिवारले जग्गा दान गरेपछि भवन बनाउन बाटो खुल्यो ।”

ढकाल परिवारले समाजका लागि जग्गा दान गरेर उदाहरणीय काम गरेको प्रशंसा काफ्लेले गरे । विकास निर्माणमा सबैले हातेमालो गर्नु पर्ने आवश्यक रहेको औल्याउदै प्रवक्ता काफ्लेले हामी सबैले ढकाल परिवारबाट सिक्नुपर्ने धारणा व्यक्त गरे । नगरपालिकाको नमुना वाड बनाउने गरी आफु अगाडी बढेको बताउदै प्रवक्ता काफ्लेले सबै वडावासीको साथ सहयोगको अपेक्षा गरे ।  

कार्यक्रममा वडा सदस्य देवी रेग्मी, जग्गा दाता कृष्णप्रसाद ढकाल, टोल विकास संस्थाका अध्यक्ष रामबहादुर खत्री र आमा समुहका अधयक्ष दमयन्ती रेग्मीले जग्गा नभएर सामुदायीक भवन बनाउन नसकिरहेको अवस्थामा ढकाल परिवारले जग्गा उपलव्ध गराएपछि भवन बनाउन सहज भएको बताएका थिए । सो अबसरमा ढकाल परिवारका दम्पतीलाई सम्मान समेत गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ